फास्ट ट्रयाक निर्णय प्रक्रिया सर्वोच्चले रोक्यो, प्रगति प्रतिवेदन कात्तिक ११ गते पेश गर्ने आदेश

  २०७२ असोज २१ गते २१:१३     विकासन्युज

काठमाडाँै, २१ असोज । सर्वोच्च अदालतले भारतीय कम्पनीसँग सम्झौताको तयारी गरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) का सम्वन्धि कुनै पनि निर्णय हाललाई नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले विहीबार उक्त योजनाका बारेमा उठेको प्रश्न विचारणीय भएकाले सो योजना हाल जहाँ पुगेको भए पनि त्यसलाई आउँदो कात्तिक ११ गतेसम्म यथास्थितिमा राख्न सरकारलाई अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले सो आयोजनामा निरुपण गर्ने विषय धेरै भएको उल्लेख गर्दै सो आयोजना हाललाई कार्यान्वयन नगर्न मन्त्रिपरिषद् लगायतका निकायको नाममा अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतले उक्त योजनाको लगानी संरचना कस्तो हुने, लागतको अनुपात के कति हुने भन्ने अझै पनि अनिश्चित देखिएको भन्दै त्यसलाई हाल कार्यान्वयन गर्न नहुने उल्लेख गरेको छ ।

सर्वोच्च अदालतले कात्तिक ११ गते छलफल गर्नका लागि उपस्थित हुँदा फास्टट्र्याकमा हालसम्म भएको प्रगतिको प्रतिवेदन लिएर आउन पनि सरकारका सम्बन्धित निकायलाई आदेश दिएको छ । सरकारले भारतीय कम्पनीलाई सो योजना दिने तयारी गरेको भए पनि नेपालका प्रमुख दलबीच नै यसबारेमा मतभेद भइरहेको छ । दलबीच मतभेद भइरहेका बेला सर्वोच्च अदालतले सो आयोजनाको प्रक्रिया जहाँ पुगेको भए पनि हाललाई रोक्न अन्तरिम आदेश दिएको हो ।

आउँदो कात्तिक ११ गतेसम्म दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा सरकार र रिट निवेदकका कानुन व्यवसायीबीच सर्वोच्च अदालतमा छलफल हुनेछ । सरकारले भारतको इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनानसियल सर्भिसेज लिमिटेड (आइएल एन्ड एफसए) सँग फास्ट्र्याकका बारेमा सम्झौता गर्न अन्तिम तयारी गरेको थियो ।

उक्त तयारी गरिरहेका अवस्थामा भाइराजा राईलगायतले नेपाल र सो कम्पनीबीच के कसले के कति लाभ पाउन भन्नेबारेमा स्पष्ट नभई हाललाई सो योजना अगाडि बढाउन नहुने माग दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रु एक खर्ब २९ अर्ब बराबरको लगानी लाग्ने अनुमान गरिएको सो योजनाका लागि नेपाल सरकारले १५ अर्ब रुपैयाँ अनुदान दिने र ७५ अर्ब रुपैयाँ ३ प्रतिशत व्याजदरका सहुलियत ऋण दिने बताउँदै आएको छ । भारतले नाकाबन्दी गरेर उक्त आयोजनालाई स्वीकृति दिन नेपालका राजनीति दलहरुलाई दवाव दिदै आएको छ ।

सम्वन्धित थप समाचारहरु पढ्नुहोस ।

फाष्ट ट्रयाकमा १६ त्रुटी भएको कानुन मन्त्रायको ठहर (पूर्ण पाठसहित)

मुख्यसचिव पौडेलको अत्यान्त जरुरी पत्र, सन्तती माथि सयौ अर्बको दायित्व नथपौं

‘यथास्थितिमा भारतीय कम्पनीलाई फास्ट ट्रयाक बनाउन नदिनु’-संसदीय समिति

फास्ट ट्रयाकमा राष्ट्रघात हुँदैछ, रोक्नैपर्छ-प्रकाश ज्वाला

फास्ट ट्रयाकमा नेपाललाई ७ खर्ब घाटा

काठमाडौं-तराई फाष्ट ट्रयाकमा ४० अर्ब घोटाला हुँदै

भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको जिम्मा नदिन दवाब बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.