इन्भेष्टमेन्ट बैंकले ३४ प्रतिशत लाभांश दिने, पुँजी वृद्धि योजना भन्दा फरक निणर्य

  २०७२ असोज ११ गते १३:२०     विकासन्युज

काठमाडौं, ११ असोज । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४ दशमलव ७४ प्रतिशत लाभांश दिने प्रस्ताव अगाडि सारेको छ । बैंकले सञ्चालक समितिको आज बसेको बैठकले ३३ प्रतिशत बोनस सेयर र १ दशमलव ७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने निर्णय गरेको छ ।

NIBL

इन्भेष्टमेन्ट बैंकको यो निर्णय राष्ट्र बैंकमा पेश गरेको पुँजी वृद्धि योजना भन्दा फरक छ । बैंकले गत वर्षको नाफाबाट ८६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकबाट प्राप्त विवरणमा यस बैंकले पेस गरेको पुँजी वृद्धि योजनामा आर्थिक वर्षको अन्त्यमा चुक्ता पुँजी ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याउने, चालु आर्थिक वर्षको नाफाबाट १ अर्ब १६ करोड रुपैयाँको बोनस सेयर दिने, ८० करोडको एफपीओ जारी गर्ने र आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट ४१ करोडको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको थियो ।

४ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
३३ प्रतिशत बोनस सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ थपिनेछ । यसै आर्थिक वर्षमा बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ हुनेछ । बैंकको संचित नाफा ५ अर्ब १३ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.