आइसरको प्रो सिरजका ट्रक नेपालमा, बजार हिस्सा १५ प्रतिशत पुग्ने दावी

  २०७१ माघ १ गते १८:३३     विकासन्युज

१ माघ । आइसर मोटर्सको नेपाली आधिकारीक बिक्रेतो इष्टर्न मोटर्स प्रालीले ‘आइसर प्रो ट्रक’हरु नेपाली बजारमा भित्र्याएको छ ।
इष्टर्न मोटर्सले भिई कमर्सियल भेइकल्स लिमिटेडद्धारा उत्पादित आइसर१००० तथा ३००० सिरिजको हलुका तथा मध्यम वर्गका ट्रकहरुको नेपालमा बिक्रिवितरण आरम्भ गरेको हो ।
ट्रकहरुमा अतिरिक्त शक्ति, टिकाउ, सुविधाजनक तथा नया“ पुस्ताका थप विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ । नया“ ट्रकहरुले यातायातको क्षमता अभिबृद्घि गर्नुको साथै नियमित खर्चहरुलाई कम गरी आम्दानी बृद्घि गर्ने कम्पनीको दावी छ ।
आइसर१००० सिरिज नया“ अवतारमा थप विशेषताको साथमा ५ देखि १४ टन समुहमा अतिरिक्त भार वहन क्षमताका ट्रकहरु छन् । यी ट्रकहरुमा कम मर्मत खर्च लाग्ने तथा समान श्रेणीमा कम इन्धन खपत गर्ने प्रमाणीत एवं विश्वसनिय ई४८३ इन्जिन जडान गरिएको छ ।????????????????????????????
यो इन्जिनमा युरो ३ मापदण्डको मेकानिकल पम्प जडान गरिएको छ । यसमा दुई मिटर चौडा आधुनिक डिजाइनको सुन्दर क्याविन रहेको छ । ‘माइलेजको बादशाह’को नामले चिनिने आइसर१००० सिरिजका पाँच देखि १४ टन ट्रकहरुले आङ्खनो स्थितिमा थप सुधार गर्नेछ । आइसर३००० सिरिजका पूर्णतः नया“ अवतारमा १० देखि १५ टन क्षमताका मध्यम वर्गका ट्रकहरु हुन् । यो सिरिज विशेषतः थप शक्ति तथा तान्ने क्षमतायुक्त, अतिरिक्त भार वहन क्षमतायुक्त ट्रक रोज्ने ग्राहकहरुको लागि उपयोगी रहेको छ । साथै व्यवसायिक प्रयोगमा परिष्कृत प्रविधि जडित रहेकोले नया“ प्रविधि प्रयोग गर्न रुचाउने ग्राहक वर्गको लागि रहेको कम्पनीको दावी छ ।
४ सिलिण्डर को इ४९४को सिआरएस इन्जिन भोल्भो ग्रुपको इन्जिन म्यानेजमेन्ट सिष्टम ३.० जडान गरिएको छ । यो इएमएस ३.० उच्च प्रशाधनमा सफल रहेको छ । यसले आवश्यक भार वहन क्षमता तथा ट्रकको कुल क्षमतामा सन्तुलन प्रदान गर्नुका साथै इन्धन वचत तथा प्रदुषण कम गर्न चालकलाई निर्देषित गर्छ ।
आइसर३००० ट्रकमा २.१ मिटर चौंडाईको सुविधा सम्पन्न तथा आरामदायी क्याविन रहेको छ । भारतीय सुरक्षा मापदण्ड इसिआर २७ ले सो सिरिजमा चालकको आरामदायी यात्राको लागि ६ तर्फ समायोजन गर्न सकिने चालक सिटको व्यवस्था र निश्चित गतिमा निरन्तरगाडी गुडाउन सकिने प्रविधि जडान गरेको छ । आइसर प्रो सिरिजको विकास भोल्भो तथा आईसरको विचमा भएको संयुक्त प्रयासको प्रतिफल हो । विश्वव्यापी रुपमा स्थापित भोल्भो र आइसरले सन २००८ देखि भिईसिभि(भोल्भो आइसर कमर्शियल भेइकल लिमिटेडका नाममा संयुक्त कम्पनी खडा गरेर भारतमा उत्पादन थालेका थिए । समकालिन व्यवसायिक यातायातको क्षेत्रमा इन्धनको खपत कम गराउनु चुनौतिपुर्ण काम रहेतापनि यी दुई कम्पनीले यसलाई पुरा गर्दै आएको दावी गरेका छन् ।
प्रो सिरिजले मितव्ययी रहने प्रविधिको निरन्तरता तथा थप किफायती रहन स्थापित विशेषतालाई निरन्तरता कायम राख्ने बताईएको छ ।
पाँच देखि देखि ४९ टन क्षमताका ट्रकहरुमा अकल्पनिय विकासको संभावनालाई स्थापित गर्न तथा नेतृत्व प्रदान गर्न ३० लाख प्राविधिक घण्टाको निरन्तर प्रयास, ७७ लाख किलोमिटरको परिक्षण र ५० हजार घण्टा इन्जिन विकासमा खर्चिएको समय अतुलनिय रहेको छ । प्रो सिरिजले ट्रकको जम्मा समय अवधी भर उच्च प्रतिफल प्रदान गर्ने, कम इन्धन खपतको साथमा अधिक कार्यक्षमता हासिल गर्ने, आरामदायी तथा सुविधाजनक यात्रा र अधिक समय कार्यरत रहनेछ । प्रो सिरिज ट्रकहरुले उच्च भारवहन, वितरण, निर्माण, औद्योगीक भार र हलुका तथा नासजन्य सामानहरु ढुवानीमा ग्राहकहरुको आवश्यकता परिपुर्ती गर्ने कम्पनीको दावी छ ।
प्रो सिरिजका नयाँ ट्रक सार्वजनिक कार्यक्रममा भिईसिभीका सिनियर भाईस प्रेसिडेन्ट इमानुअल ल्याभेसरले आइसरका लागि नेपाल ठुलो बजार भएको बताए । ‘हामी नेपालमा आइसरको बलियो उपस्थितिले उपस्थितिमा खुसी छौं र थप सुदृढता हासिल गर्न चाहन्छौं । नयाँ प्रविधि, प्रासंगिक रुप तथा नविनतम प्रविधिको प्रयोग, कम इन्धनमा अधिक कार्य गर्ने विशिष्ट पहिचानयुक्त ट्रक तथा बसले उपभोक्ताको आवश्यकता पुरा गर्ने विश्वास पनि छ ।’ उनले भने ।
कम्पनीले निकट फेब्रुअरी महिना भित्रै आइसर स्काईलाईन प्रो बस पनि नेपाल भित्र्याउने जनाएको छ ।IMG_8071
इष्टर्न मोटर्स प्रालि आइसर ट्रक तथा बसहरुको आधिकारीक नेपाली बिक्रेता हो । कम्पनीका अध्यक्ष आनन्द राज बतासले सन २०१४ मा कुल सात सय २६ वटा आइसरका सवारी साधान नेपालमा बिक्रि गरेको जानकारी दिए । नेपालको कुल बजारमा आइसरका सवारीसाधानहरुले १३ प्रतिशतको हिस्सा ओगटेको बतासले जानकारी दिए । आइसरका सवारी साधनहरु २१ लाख देखि ४५ लाख रुपैंयाँ मुल्यमा नेपाली बजारमा उपलब्ध रहेको पनि उनले जानकारी दिए । आइसरका सवारी साधानहरुले अन्य कम्पनीको तुलनामा ५÷७ प्रतिशत कम इन्धन खपत गर्ने पनि कम्पनीले जनाएको छ । आइसर ट्रक तथा बसको नेपालमा विगत दुई दशक देखिको उपस्थितिले यसलाई ब्राण्डलाई नेपालमा यातायातको साधनको रुपमा स्थापित गराएको छ । नेपालमा युरो ३ मापदण्डको गाडीहरु विक्रि गर्ने पहिलो कम्ंपनी नै आइसर हो । नेपालमा आइसरले हलुका तथा मध्यम समुहका सवारी साधनहरुमा १८ प्रतिशत बजार हिस्सा ओगटेको छ । स्कुल बसहरुमा यसले ४० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
नेपाल भर आइसरका २२ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् । आइसरले दक्षिण एशिया, मध्य पूर्वि देशहरु तथा अफ्रिका गरी कुल २२ देशहरुमा निर्यात गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.