बैदेशिक रोजगारीमा महिलाः जागिर घरेलु कामदार, देश खाडीदेखि युरोपसम्म
काठमाडौं । वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दै गएको छ । हालसम्म १ लाख ९ हजार १ सय ९९ जना महिलाहरु संस्थागत प्रणाली हुनै वैदेशिक रोजगारीमा गएका हुन् । बेरोजगारीले सिर्जना गरेको समस्या तथा घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै महिलाहरुले पनि देश छोड्ने क्रममा बढदै गएको छ । नेपालमा रोजगारीको अवसर नपाएसँगै वैदेशिक रोजगारमा जाने महिलाको उल्लेख्य स्वरुप बढेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या हेर्दा अधिकांश तराईका जिल्ला तथा प्रदेश २ का महिलाको बाहुल्यता छ । त्यस्तै बागमती प्रदेशको पहाडी जिल्लाका महिलाको बाहुल्यता भएसँगै मिश्रित समुदायको बसाई भएका तराईका जिल्ला बाहेक पनि बढ्दो छ । मुख्यतः काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लाबाट महिला बाहिरिने क्रम बढेको छ । पछिल्लो समय व्यक्तिगत प्रयासले नै वैदेशिक रोजगार महिलाको गन्तव्यको संख्या बढ्दै गएको छ । कुवेतमा सबैभन्दा धेरै महिला जाने गर्छन् भने त्यसपछि महिलाको गन्तव्य मुलुकको रुपमा जर्मनी स्थापित भएको छ । वैदेशिक रोजगारमा जाने अधिकांश महिलाहरु झापा र सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, मोरङ्ग, नुवाकोटका छन् । कुवेतमा २९ हजार ४ सय ६२ नेपाली महिला काम गरिरहेका छन् । ५ हजार १ सय ५१ संस्थागत र व्यक्तिगततर्फ २४ हजार ३ सय ११ जना रहेका छन् । हाल माल्दिभ्स जाने नेपाली महिलाको संख्या ५ हजार ४ सय ९५ जना रहेका छन् । त्यस्तै जर्मनी २ हजार १ सय ६३ जना गएका छन्, भने नेपाली श्रमिकको अर्काे गन्तव्य माल्टामा १ हजार ७ सय ८० जना नेपाली महिला काम गरिरहेका छन् । त्यस्तै, डेनमार्कमा १ सय ६५, टर्की २ सय ३०, इजरायलमा ८६, इजिप्टमा १ सय ५२, लेबनानमा ६८, स्वीडेनमा ४२ नेपाली महिला श्रमिक रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । अधिकांश महिलाहरु घरेलु कामका लागि रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा पछिल्लो समय व्यक्तिगत माध्यमद्धारा जानेको संख्या पनि बढ्दै गएको विभागले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले भनेः पाँच वर्षभित्र बागमती प्रदेशमा आमूल परिवर्तन हुन्छ
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताए । उनले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको भए पनि अबका दिनमा सीपमूलक प्राविधिक शिक्षाका लागि सरकार लाग्ने बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक स्थानीय तह बराबर कम्तीमा पनि एक प्राविधिक शिक्षालयको अवधारणा अगाडि सारेको बताएका छन् । शिक्षालय बेराजगार उत्पादन गर्ने थलोका रुपमा विकास हुन नहुने भन्दै सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई दक्ष बनाएर रोजगार बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । देशका लाखौँ जनशक्ति अर्काको देशमा गएर पसिना बगाइरहेको र देशका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रका प्राविधिक एवं दक्ष जनशक्ति बाहिरबाट मगाउनु परिरहेको वर्तमान अवस्थामा देशलाई आवश्यकपर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने गरी शैक्षिक क्रियाकलाप अगाडि बढाइनुपर्नेमा उनको जोड थियो । भूकम्पले भत्काउने काम मात्रै नगरी नेपाली शैक्षिक क्षेत्रमा आगामी सयौँ वर्षका लागि हुनेगरी पुनःनिर्माणको कामसमेत गराएको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले देशभर सात हजार ५५३ वटा विद्यालय बनाउँदै गरेको र अधिकांशको निर्माण सम्पन्न भएको जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएका विद्यालयमध्ये मकवानपुरमा २५२ वटा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको जानकारी दिए । अधिकृत ज्ञवालीले सुविधा सम्पन्न आधुनिक विद्यालय भवन बनेकाले अब गुणस्तरीय शिक्षामा ध्यान दिन शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पले नष्ट भएका भौतिक संरचनाको दीर्घकालीन सोंचका साथ भएको पुनःनिर्माणले उत्साहित बनाएको बताए । उनले हामीले प्राप्त गरेको ठूलो उपलब्धिको रक्षा गर्दै त्यसको उचित व्यवस्थापन र संरक्षण तथा आवश्यक तवरले फाइदा लिनुपर्ने उल्लेख गरे । सरकारले निर्माण गरिदिएको सम्पतीको संरक्षण र उचित उपयोग गरी फाइदा लिने काम पनि समुदायकै भएको उनको भनाइ थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष ललित घलानले विगतमा पछाडिपरेको यस क्षेत्रले विकासको लय समातेको बताए ।
काठमाडौंमा शुरु भयाे नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो
काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् । माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गरेका हुन् । प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएकाे छ। अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिएका छन् । तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।