निजामती सेवा विधेयकमा हालसम्म ३ हजार ५०० भन्दा बढी सुझाव
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरिरहेको संघीय निजामती सेवा विधेयकको मस्यौदामा सरोकारवाला र नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक मस्यौदामा हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषणहरू प्राप्त भएका छन् । संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले मन्त्रालयले गत बैशाख ११ गते विधेयकको मस्यौदा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको थियो । मस्यौदा सार्वजनिक भएपछि कर्मचारी र आम नागरिकबाट प्राप्त सुझावहरूलाई संकलन र विश्लेषण गर्ने कार्य अहिले तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ। सुझाव विश्लेषणका लागि कार्यसमूह गठनप्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गर्न मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक विशेष कार्यसमूह गठनसमेत गरेको छ । मन्त्रालयका अनुसार सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाहरूलाई समेत संकलन गरी यो टोलीले अध्ययन गरिरहेको छ । प्राप्त भएका सुझावहरूलाई औचित्य र उपयुक्तताका आधारमा मस्यौदाको अन्तिम रूपमा समावेश गरिने मन्त्रालयले जनाएको छ । विधेयकलाई थप प्रभावकारी र समावेशी बनाउन सबै सरोकारवालाहरूलाई आफ्ना महत्त्वपूर्ण रायहरू पठाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
कांग्रेसको प्रमुख सचेतकमा बासना र सचेतकमा निश्कल
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रमुख सचेतक चयनका लागि बासना थापाको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले उक्त प्रस्ताव अघि सारेका हुन् । बैठकमा प्रमुख सचेतकमा थापालाई जिम्मेवारी दिने प्रस्तावसँगै सचेतकमा निश्कल राईको नाम पनि प्रस्तुत गरिएको छ । पार्टीभित्र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित यी नामहरू प्रस्ताव गरिएको नेताहरूले बताएका छन् । प्रस्तावित नामहरूलाई औपचारिक निर्णयका लागि संसदीय दलको बैठकबाट अनुमोदन गरिने बताइएको छ । कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुने भएका छन् । कांग्रेसनिकट उच्च स्रोतका अनुसार सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा आङ्देम्बेलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको हो । सिंहदरबारमा बस्न लागेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गर्नेछ । पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।