विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित
काठमाडौं, ११ कात्तिक । नेकपा(एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन् । प्रतिष्पर्धी कुल बहादुर गुरुङलाई पराजित गर्दै भण्डारी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै भण्डारी नेपालको राजनीतिक इतिहासमै सर्वाेच्च पदमा पुग्ने पहिलो महिला नेतृ समेत बनेकी छिन् । कुल खसेको मध्ये भण्डारीले ३२७ मत प्राप्त गरि विजयी भएकी हुन भने गुरुङले जम्मा २१४ मत पाएका छन् । ८ मत भने बदर भएको छ । निर्वाचनमा ५४९ मत खसेको थियो । भण्डारीलाई नेकपा(एमाले), एकिकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा(माले) लगायतका दलहरुले मत हालेका हुन् । गुरुङलाई भनेको उनकै दल नेपाली काँग्रेस सहित केहि साना दल र स्वतन्त्र सभासदले मतदान गरेका थिए । व्यवस्थापिका संसदमा सभामुख ओनसरी घर्तिले भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेकी हुन् ।
भाडा बढी पर्ने भन्दै उद्योगीद्धारा तराइको ग्यास काठमाडौं ल्याउन अस्वीकार
काठमाडौं, ११ कात्तिक । ग्यास उद्योगीले तराइ क्षेत्रमा आएको ग्यास काठमाडौं ल्याएर वितरण गर्न अस्वीकार गरेका छन् । तराइवाट काठमाडौं ल्याउन भाडा बढी लाग्ने भन्दै उद्योगीले सो भाडा सरकारले ब्यहोर्ने भए मात्रै आफूहरुले ग्यास ल्याउने शर्त आयाल निगम समक्ष राखेका छन् । पछिल्लो समयमा बीरगन्ज वाहेकका नाकावाट केहि मात्रामा ग्यास नेपाल आइरहेको छ । तर यसरी आएको ग्यास उद्योगीले काठमाडौं ल्याउन अस्वीकार गरेका कारण काठमाडौंमा ग्यासको हाहाकार भएको हो । तराइवाट काठमाडौंसम्म ग्यास ल्याउनको लागि निगमले भाडा दिने हो भने मात्रै आफूहरुले ग्यास काठमाडौं ल्याउने प्रश्ताव उद्योगीवाट आएको नेपाल आयाल निगमका एक उच्च अधिकारीले जानकारी दिए । ‘तराइ क्षेत्रका उद्योगको लागि आएको केहि ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएका थियौं, तर ब्यवसायीले थप ढुवानी भाडा माग गरेपछि योजना सफल हुन सकिरहेको छैन,’ निगमका एक उच्च अधिकारीले भने । निगमले यसअघि विराटनगरको प्रिमा ग्यासलाई काठमाडौं ल्याएर सुगम ग्यासको सिलिण्डरमा भरेर दशै अगाडि वितरण गरेको थियो । तर यसरी वितरण गर्दा आफूहरुलाई नोक्सानी भएको भन्दै उद्योगीले ग्यास नल्याउने जानकारी निगमलाई दिएका हुन् । १५ करोड क्षतिपूर्ति दाबी भारतको अघोषित नाकाबन्दी र तराइ मधेशमा जारी आन्दोलनको कारण ग्यासका बुलेट संचालनमा नआइ त्यसै बस्नु परेको भन्दै उद्योगीले निगमसँग १५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । ग्यास बुलेट ठेकेदारले आफूहरुसँग क्षतिपूर्ति माग गरेको भन्दै उद्योगीले त्यस्तो रकमको दाबी निगमसँग गरेका हुन् । भारतवाट नेपालसम्म ग्यास ल्याउनको लागि भारतीयकै बुलेटमा भर पर्नु परेको छ । यद्यपि भारतीय ठेकेदारले रकम दाबी गरेनगरेको प्रमाण भने उद्योगीले पेश गरेका छैनन् । ‘ठेकेदारले दाबी गरेको भन्दै १५ करोड रुपैयाँ क्षतिपूर्ति माग भएको छ, तर अहिलेसम्म यस्तो रकम दिने नदिने बारेमा कुनै निर्णय भएको छैन,’ निगम स्रोतले भन्यो ।
ऋणीलाई व्याज र किस्ता तिर्न पुस मसान्तसम्मलाई छुट, कर्जा भुक्तानी अवधि एक वर्ष थप गर्न सकिने
काठमाडौं, १० कात्तिक । २०७१ साल चैत महिनासम्म नियमित व्याज र किस्ता तिर्दै आएको ऋणले ९ महिनासम्म व्याज, सावा वा किस्ता तिर्न छुट पाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सकूलर जारी गर्दै उनीहरुले २०७२ पुस मसान्तसम्ममा व्याज, किस्ता बुझाएको अवस्थामा कुनै पनि जरिवाना, पेनाल व्याज, शुल्क वा अन्य कुनै पनि प्रकारका कारवाही नगर्ने निर्देशन दिएको हो । देशमा उत्पन्न असहज परिस्थितिका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको भन्दै राष्ट्र बैंकले विभिन्न किसिमको सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सुष्म निगरानी सम्बन्धी व्यवस्था अन्तरगत २०७३ असार मसान्तसम्ममा ४ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न भनिए पनि २ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्थ ागर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले कर्जा भुक्तानी अवधि एक वर्ष थप गर्न निर्देशन दिएको छ । ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको भन्दै राष्ट्र बैंकले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, होटल, एयरलाईन्स, ट्राभन्स एजेन्सी लगायत पर्यटन क्षेत्र, उर्जा लगायत सेवा क्षेत्रका ऋणीले कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न चाहेमा उनीहरुलोई थप एक वर्षको समय दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । आगामी पुस मसान्तसम्ममा यस्तो कर्जा पुनरतालिकीकरण गरिसक्नु पर्नेछ । यसरी कर्जा पुनरतालिकीकरण गर्दा पुस मसान्तसम्मको व्याजलाई पुँजीकरण गर्न सकिने, पुँजीकरण गरिएको रकमलाई बैंकले नाफामा गणना गर्न पाउने तर उक्त रकम छुट्टै कोषमा राख्नु पर्ने, कर्जा असुली नभएसम्म उक्त नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । त्यस्तै, असोज मसान्तसम्म प्राप्त हुनु पर्ने व्याज कात्तिक मसान्तसम्म प्राप्त भएपनि पहिलो त्रामासमा गणना गर्न पाउने भएको छ । त्यस्तै, १२० दिनको लागि जारी गरिएका ट्रष्ट रिसिप्ट कर्जालाई १८० दिनसम्म बढाउन सकिने र यो सुविधा २०७२ चैत मसान्तसम्मको लागि मात्र हुने राष्ट्र बैंकले जनाएको छ । यस्तो छ राष्ट्र बैंकको निर्देशन पूर्ण पाठ