दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ शुरु
काठमाडौं । नेपाल भर्चुअल एजुकेशनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आजबाट ‘नेपाल भर्चुअल एजु फेयरु शुरु’ गरेको छ । स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजु फेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् । स्नातक तहमा पढ्ने तयारी गरेका, पास भएका विद्यार्थीहरूले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्ने संस्थाले जनाएको छ । साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगवाट छात्र वृत्ति प्राप्त गर्न सकेका थिए।
अब सबै विश्वविद्यालयकाे एउटै शैक्षिक क्यालेण्डर : स्नातक तहमा कात्तिकमा भर्ना, मंसिरबाट पढाइ
काठमाडौं । नेपालका सबै विश्वविद्यालयले एउटै शैक्षिक क्यालेन्डर लागु गराउने गरी विश्वविद्यालय अनुदान आयोगले शैक्षिक क्यालेन्डर तयार गरेको छ । उक्त क्यालेन्डर लागु गराउन आयोगले अन्तिम गृहकार्य गरिरहेको बताएको छ । नेपालका विश्वविद्यालयमा समयमा परीक्षा नहुने र नतिजा पनि नआउने हुँदा विद्यार्थी हैरान छन् । विश्वविद्यालयहरुको शैक्षिक क्यालेन्डर अस्तव्यस्त हुँदा दिक्दार बनेका विद्यार्थी नेपालमा नपढी विदेशिन थालेको भन्दै अनुदान आयोगको अग्रसरतामा शैक्षिक क्यालेन्डर तयार गरिएको हो । विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक देवेन्द्र खनालकाअनुसार आयोगले क्यालेन्डर निर्माण गरेर स्वीकृतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयले स्वीकृत गरेपछि सार्वजनिक गरेर क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनले बताए । आयोगले तयार गरेको शैक्षिक क्यालेन्डरमा विश्वविद्यालयहरुले विद्यार्थी भर्नादेखि परीक्षाफल कहिले प्रकाशन गर्नुपर्ने भन्नेसम्मका विषयहरु समावेश गरिएका छन् । क्यालेन्डरअनुसार विश्वविद्यालयहरुले स्नातक तहमा भदौ महिनाभित्र भर्ना आवेदन गर्नुपर्ने, प्रवेश परीक्षा असोज महिना भित्र, भर्ना कात्तिक दोस्रो हप्ताभित्र र पठनपाठन मंसिर पहिलो हप्ता भित्रमा सुरू गर्नु पर्ने हुन्छ । त्यस्तै, क्यालेन्डरअनुसार स्नातकोत्तर तहमा भर्ना आह्वान मंसिर अन्तिमभित्र र भर्ना सुरू पुस तेस्रो हप्ताभित्र गर्नु पर्ने हुन्छ । क्यालेन्डरमा विश्वविद्यालयहरुले गर्नुपर्ने आन्तरिक पठनपाठन र आन्तरिक मूल्यांकनको लागि पनि समयसीमा तोकिएको छ । सरकारले घोषणा गर्न सक्ने सार्वजनिक विदालाई क्यालेन्डरमा समायोजन गर्दै जाने आयोगले तयार गरेको क्यालेन्डरमा उल्लेख छ । आयोगका उपनिर्देशक रावलका अनुसार क्यालेन्डर सबै विश्वविद्यालयका पदाधिकारीहरुसँग बसेर तयार गरिएको हुँदा पूर्ण रुपमा लागू हुने अनुदान आयोगले अपेक्षा गरेकाे छ। आयोगले तयार गरेको क्यालेन्डर लागू हुन सकेमा नेपालको उच्च शिक्षामा लामो समयदेखि देखिएको समय तालिकाको वेथिति अन्त्य हुने र नयाँ शैक्षिक वातावरण तयार हुने अपेक्षा गरिएको छ । यस्तो छ विश्वविद्यालयले तयार गरेको शैक्षिक क्यालेन्डर
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले दिए आवेदन
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेअनुसार वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी सहित ९ जनाले आवेदन दिएको आयोगले जनाएको छ । प्राडा श्रीकृष्ण गिरी, प्राडा संगिता सिंह भण्डारी, प्राडा पियुस दाहाल, प्राडा मनेनप्रसाद गोर्खाली, प्राडा सुमनकुमार श्रेष्ठ, डा, प्रविण मिश्र, डा विद्यानिधि पौडेल, डा प्रमोदकुमार यादव र डा अन्जनीकुमार झाले आवेदन गरेको समितिले जनाएको छ । समितिले साउन २६ गते उपाध्यक्ष पदका सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो । स्वीकृत भएका आवदेकहरुमध्येबाट एकजनालाई मन्त्रीपरिषदले ४ वर्षका लागि उपाध्यक्षमा नियुक्ति गर्नेछ । वर्तमान उपाध्यक्ष गिरीको कार्यकाल भदौ २६ गते सकिँदैछ ।