काठफोर्ड कलेजले शुरु गर्यो बीबीए प्लस र बीबीएम प्लस, नेपालमै पहिलो पटक पढाई हुने
काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपल्ट बीबीए प्लस र बीबीएम प्लस कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुर जिल्लामा रहेको काठफोर्ड कलेजले मंगलबार हिमालय होटलमा एक समारोह आयोजना गर्दै उक्त दुई कार्यक्रमको उद्घाटन गरेको हो । कार्यक्रमको मूख्य उद्देश्य त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिनबाट औपचारिक रुपमा बीबीए प्लस र बीबीएम प्लस कार्यक्रम उद्घाटन गराउनु थियो । जहाँ व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्रोफेसर डाक्टर महानन्द चालिसे, ई सेवाका सीईओ जगदीश खड्का, नेपाल बैंकका सहायक सीईओ मनोज ज्ञवाली, प्राज्ञिक र औद्योगीक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । उपस्थित व्यक्तिहरुले सम्बोधनमा विद्यमान डिजिटल व्यवसायिक क्षेत्रका लागी विद्यार्थीहरुलाई तयार पार्न बीबीए प्लस र बीबीएम प्लसको भूमिका निर्णायक रहने जोड दिएका थिए । त्यस्तै, उनीहरुले प्रविधिमूखी विश्वमा सफल हुन आवश्यक शीप र ज्ञानबाट विद्यार्थीहरुलाई यी विषयहरुले कसरी सामर्थता प्रदान गर्नेमा जोड दिए । उद्घाटनको क्रममा काठफोर्ड कलेजका व्यवस्थापन विभागका विभागीय प्रमुख रोशन थापाले बीबीए प्लस र पाठ्यक्रम र यसले समाविष्ट गरेका आधुनिक विषयहरु जस्तै तथ्याङ्क विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तिय विश्लेषण र परियोजना व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । उक्त प्रस्तुती मार्फत यी विषयहरुले विश्व श्रम बजारको परिवर्तनशील माग अनुसार विद्यार्थीलाई कसरी तयार पारी उनीहरुलाई आधुनिक श्रम बजारमा सजिलै रोजगार पाउन सक्ने गतिशील मानवश्रोत बनाउन भूमिका खेल्ने मनोज ज्ञवाली र जगदीश खड्काले बताए । उनीहरुले व्यवसायिक क्षेत्रको बदलिँदो आयामको बारेमा व्याख्या गर्दै बीबीए प्लस र बीबीएम प्लस विषयहरुले कसरी बदलिँदो माग अनुरुप नयाँ मानवश्रोतलाई तयार पार्न मद्धत गर्छ भन्ने जानकारी दिए । त्यस्तै, प्रोफेसर डाक्टर महानन्द चालीसेले कसरी बीबीए प्लस र बीबीएम प्लस कार्यक्रमले प्राज्ञिक र औद्योगीक क्षेत्रको दूरी कम गर्न सहयोग गर्छ भन्ने धारणा राखे । समारोहको समापन गर्दै त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायको डिन प्राध्यापक डाक्टर डिल्ली राज शर्माले व्यवसायिक क्षेत्रमा व्यवस्थापन शिक्षाको महत्वमाथी प्रकाश पारे । त्यस्तै, काठफोर्ड कलेजका अध्यक्ष सुमन कटवालले संस्थाको तर्फबाट विद्यार्थीहरुलाई परिवर्तनशील व्यवसायीक र प्राविधिक क्षत्रमा सफल हुन आवश्यक समय सापेक्ष शिक्षा प्रदान गरिने प्रतिवद्धता गरे । बीबीए प्लस र बीबीएम प्लस काठफोर्ड कलेजमा एउटा परिचय मात्र नभएर यसले व्यवसायिक शिक्षामा एउटा नयाँ अध्यायको शुरुवात गरेको छ । यी कार्यक्रमहरुले परम्परागत व्यवसायिक सिद्धान्तलाई डिजिटल सीपसँग निर्वाधरुपमा आवद्ध गराएका छन् जसले स्नातक उत्तीर्ण मानवश्रोतलाई प्रविधिमय विश्व बजार क्षेत्रमा सफल हुन सक्ने अवस्थाको निर्माण गरिदिएको छ ।
वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी, आप्रवासी कामदार, विद्यार्थी वर्गलाई वा कुनै एक विपन्न लक्षित समुदायको लागि वित्तीय साक्षरता अभिवृद्धि गरिनेछ । सामुदायिक परियोजनामा रणनीतिक साझेदारको रुपमा कार्य गर्न इच्छुक गैर नाफामुलक संघसंस्थाले आशय प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । यस परियोजनाको बजेट बढीमा १२ महिनाको लागि २० लाख रुपैयाँ तय गरिएको बैंकले जनाएको छ । तर, सम्झौता अवधि थप हुन पनि सक्नेछ । कम्तीमा ५ प्रदेशमा वित्तीय साक्षरता परियोजना संचालन र व्यवस्थापन गर्न सक्ने तर, ७ वटै प्रदेशमा परियोजना संचालन गर्न सक्ने क्षमता भएकोलाई पहिलो प्राथमिकता दिइनेछ । सामुदायिक परियोजनामार्फत उपलब्धि हासिल गरेको बलियो रेकर्ड प्रस्तुत गर्न सक्ने हुनु पर्ने बैंकले बताएको छ । गैर नाफामुलक संस्था, सरकारी वा राजनैतिक भातृ संगठन नभएको, समान प्रकृतिका क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य गरिसकेको प्रमाणित अभिलेख भएको, कम्तीमा ३ वर्षको वार्षिक लेखा परिक्षण गरेको हुनु पर्नेछ । इच्छुक संघ संस्थाले सूचना प्रकाशित मितिले १५ दिनभित्र आशय पत्र पठाउनु पर्नेछ ।
टेक्सास् कलेजमा ८ सय विद्यार्थी बिदा भए, ९ सय भित्रिए [फोटोफिचर]
काठमाडौं । टेक्सास् इन्टरनेशनल कलेजले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र १२ सक्ने विद्यार्थीको लागि फेरवेल अर्थात बिधाई गरेको हो । टेक्सास् नेटवर्कका निर्देशक नारायण पोखरेलले कार्यक्रम कक्षा ११ का करिब ९ सय विद्यार्थीलाई स्वागत गरेको र करिब ८ सय विद्यार्थीलाई बिधाई गरेको बताए । ‘पढाइ कक्षामा मात्रै हैन, बाहिर पनि हुन्छ जसलाई सँगसँगै लिएर जान सकिन्छ र पढाई यसको सहयात्री बनाउन सकिन्छ भन्ने सन्देश दिने उद्देयका साथ कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने ।