नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पुनर्बीमा गर्ने, प्रिमियमकाे २० प्रतिशत नेपाल रिलाई

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्इयोरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा (नेपाल रि)ले लिने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने बताइएको छ ।

बुटवलमा प्राइम लाइफ इन्स्योरेन्सद्धारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराइले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना बताउदै हरेक वर्ष नयां बीमा योजना ल्याउने र फरक ढंगले कार्य गरी निरन्तरता दिने बताएका छन् । उक्त कार्यक्रममा विशिष्ट अतिथि सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी उपस्थित थिए । कार्यक्रममा मार्केटिङ्ग विभाग प्रमुख नवीन थापाले अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै, सबैसंग अन्तक्रिया गरी आगामी दिनमा कम्पनीको व्यवसाय वृद्धि गर्न आफ्नो स्थानबाट जुट्नु पर्ने बताएका छन् । बुटवल शाखा प्रमुख रिता के.सी. को सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अतिथि प्रदेश प्रमुख शिव पौडेल लगायत, अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरे, परासीका प्रमुख शिवनाथ गुप्ता, भैरहवाका प्रमुख सन्तोष अर्याल, बुटवल शाखाका अप्रेशन इन्चार्ज सुरेश ज्ञवाली लगायतको उपिस्थत रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३० भन्दा बढी एजेन्सी मेनेजरहरुलाइ सम्मान गरिएको थियो ।

अब सिभिल बैंकबाटै ज्योती लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात अब सिभिल बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाबाट ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । हाल बैंकको शाखा संख्या ७१ रहेको छ एन.एफ.आर.यस.अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ कमाएको छ । जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।