रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन उद्घाटन गर्याे ७ नयाँ शाखा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन ७ नयाँ शाखाहरुको उद्घाटन गरेको छ । इन्स्योरेन्सले मंगलबार मात्रै वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवलगरी ७ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको हो । वीरगंजशाखाको उद्घाटन कम्पनीका अध्यक्ष ताराचन्द केडिया र वीरगंज महानगरपालिकाका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन् । कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप-प्रमुख, सीता न्यौपाने, तुलसीपुर शाखाको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेशन ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका हुन् ।

जनरल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) नेपाल र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोटले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने छ ।

एभरेष्ट इन्स्योरेन्स  र नर्भिक इन्टरनेशनल हस्पिटलबीच  स्वास्थ्य सेवा सम्झौता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिहं र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ कियर स्वास्थ्य बीमा लेख लिनु भएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा पाउने भएका छन् ।