ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा उद्घाटन

काठमाडौं । ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा  इन्स्योरेन्सका संचालक घनश्याम थापाले  उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका  गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन्र ।  त्यस्तै  किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा  गरेका  थिए । उक्त अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।