यूनाइटेड इन्स्योरेन्सले एकाएक किन डाक्यो विशेष साधारणसभा ?
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आगामी फागुन १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिको निर्णयअनुसार पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त दिन विशेष साधारणसभा डाकेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन ७ र ८ गते दुई दिन बुक क्लोज गर्ने भएको छ । केन्द्रिय कार्यालय थापाथलीमा रहेको कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ७७७ रुपैयाँ देखि ७९१ रुपैयाँसम्म किनबेच भइरहेको छ ।
आइएमई र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतापत्रमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकास्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ । आइएमई लाइफ इन्स्योरेन्सको हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्ने रहेको बीमा कम्पनीले जानकारी दिएको छ ।
क्यान्सर जनचेतनाको लागि ‘ज्योति लाईफ द एमेजिङ मोटर र्याली’
काठमाडौं। काठमाडौँ ग्रुप अफ होटल्स द्वारा आयोजित नेपाल अर्बुदरोग निवारण संस्थाको सहयोगार्थ र ज्योति लाईफ इन्स्योरेन्स कम्पनि द्वारा प्रायोजित “ज्योति लाईफ द एमेजिङ मोटर र्याली ” माघ १८ गते सम्पन्न भएको छ। विश्व क्यान्सर दिवसको अवसरमा “क्यान्सर छिटो उपचार गरे निको हुने रोग हो ” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम मार्फत भिजिट नेपाल २०२० को प्रर्वद्धन पनि गरिएको थियो । नेपाल टुरिजम बार्डको प्रांगणवाट क्यान्सर जनचेतना सम्वन्धि स्टिकरहरु द्वारा सुसजित गाडीहरुलाई काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकार तथा यस ¥यालीका अध्यक्ष सुनिल शाक्य ज्यूद्वारा झण्डा तोलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । गाडीहरु नेपाल टुरिजम बार्डबाट निस्किएका करिब १० घण्टाको यात्रापछि सारङ्गकोटस्थित हिमालय फ्रन्ट होटलमा गएर समापन भएको थियो। प्रदेश नं ४ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल लगायत गायक धिरज राई, पुर्व तथा हालका मिस नेपालहरु निकिता चन्दक, रोजिना श्रेष्ठ, सहारा बस्नेत, सृखला खतिवडा, रोलनली अमात्य, प्रिया सिग्डेल तथा विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थित उक्त औपचारिक कार्यक्रममा विशिष्त मन्तव्यको साथै र्याली विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । काठमाडौँ ग्रुप अफ होटल्सका अध्यक्ष दिवाकार राज कर्णिकारको सम्पुर्ण प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गर्दै गायक धिरज राईको प्रस्तुति संगै कार्यक्रम समापन गरिएको थियो ।