महालक्ष्मी पेन्सनसहितको ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्दै, ‘बजारमा नौलो’
काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गतेदेखि चौथो योजनाको रुपमा ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्ने भएको छ । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो भएको कम्पनीले जनाएको छ । केटाकेटी र सन्तानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक)को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमाङक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ । बिमाङ्क रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन–तीन महिनामा विमाङ्क रकमको २.५प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन)को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ । साथै प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर, महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछिपनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरिएको छ । प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तीपछि विमाङ्क र आर्जीत बोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।
५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी, सनलाइफले दिन्छ १० लाखको सुरक्षा
काठमाडौ । महङ्गो शुल्कमा मात्र बीमा हुन्छ भन्ने भनाई सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडसँग मिल्दोजुल्दो देखिदैन । सो कम्पनीले ५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी बिक्री गर्दै आएको छ । सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने- ‘जीवनमा बीमाको ठूलो महत्व हुन्छ, हामीले आर्थिक अवस्था कमजोर भएका वर्गले समेत बीमा गर्न सक्ने गरी पोलिसी बिक्री गर्दै आएका छौँ ।’ अर्यालले बीमा वर्तमान समयमा निकै आवश्यक भएकोमा जोड दिए । ५ रुपैयाँभन्दापनि कममा बीमा: ५ रुपैयाँ भन्दा कममा १० लाख रुपैयाँ बराबरको सुरक्षा सन नेपाल लाईफले दिँदै आएको पाईन्छ । पाँच बर्षको अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा ५ लाख रुपैयाँ बराबरको जोखिम र १८ घातक रोग विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबरको सुरक्षण हुँदै आएको जनाएको छ । १६ बर्षदेखी ६५ बर्ष उमेरका इच्छुक व्यक्ती सो बीमा योजनामा सहभागी हुन सक्नेछन् । साथै, उमेरको आधारमा बीमा शुल्कमा केही तल–माथि कम्पनीले जनाएको छ ।
गरिमा विकास बैंकबाट आइएमई लाइफको बीमा सेवा पाइने
काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्ने छन् ।