बीमा समितिका ४ निर्देशकलाई नयाँ जिम्मेवारी, कसले के पाए ?
काठमाडौं । बीमा समितिका चार जना निर्देशकहरुले नयाँ जिम्मेवारी पाएका छन् । बीमा समितिमा चार जना निर्देशक रहने व्यवस्था छ । बीमा समितिमा लामो समयदेखि दरबन्दी अनुसार निर्देशक पदपुर्ति हुन सकेको थिएन् । कार्यकारी निर्देशक पद रिक्त भएको करिब ६ बर्षपछि राजुरमण पौडेलले जिम्मेवारी पाएका छन । त्यस अघि ४ वटा निर्देशक दरबन्दीमा पौडेल र कमलराज रेग्मी मात्रै कार्यरत थिए । समितिले पछिल्लो पटक जेठ २३ गते दिनेशकुमार लाललाई प्रतिष्पर्धाद्धारा निर्देशक पदमा बढुवा गरेपछि दरबन्दी अनुसार ४ जना निर्देशकको पदपुर्ति भएको हो । अब बीमा समितिमा कमलराज रेग्मी, सुशिल सुवेदी, पुजन अधिकारी र दिनेश कुमार लाल गरि ४ जना निर्देशक भएका छन् । उनीहरुलाई समितिले जिम्मेवारी समेत तोकिदिएको छ । निर्देशक कमलराज रेग्मीलाई अनुसन्धान, विकास तथा बीमालेख महाशाखाको नेतृत्व दिईएको छ । अर्का निर्देशक सुवेदीले सुपरिवेक्षण, कृषि तथा लघु बीमा तथा पुनर्बीमा शाखाको जिम्मेवारी पाएका छन् । त्यस्तै, दिनेश कुमार लाललाई कानुन महाशाखा प्रमुख बनाईएको छ । पुजन अधिकारीले भने नियमन तथा मानव संसाधन महाशाखाको नेतृत्व पाएकी छिन् । बीमा समितिले पछिल्लो पटक दरबन्दी अनुसार धमाधम कर्मचारी भर्ना गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकबाट सन नेपाल लाइफको बीमा सेवा पाइने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।
जिआइसि नेपालको बीमा सेवा सिद्धार्थ बैंकबाट पनि पाइने
काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।