ज्योति लाईफ र ईसेवाबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुन् । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स् प्रदान हुने सेवालाई प्रविधि मैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो । आफ्नो कार्य व्यस्तताको कारण नविकरण गर्न कम्पनीको काउन्टरमा गई नविकरण गर्ने झन्झटबाट मुक्तभई सम्पूर्ण वीमितहरुको समयको बचत, सहज भुक्तानी रप्रविधिको उच्चतम प्रयोगबाट कुनै अतिरिक्त शुल्कविना लाभलिन सकिने छ । सम्झौतासँगै ज्योति लाईफबाट जारी गरिएका सबै बीमालेखहरुको नविकरण शुल्कभुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् । सम्झौता संगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटो सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्ने छन् । मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका २५सय भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।
सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबंधक एस.के तमोटले हस्ताक्षर गरेका हुन् । एक समारोहबीच सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कमपनीमा बीमा गर्ने ग्राहक वर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए । बैंकले देशका सबै क्षेत्र तथा वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १सय शाखारहित बैंकिङ्ग सेवा, १सय ६९वटा एटिएम र १ हजार ३सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलव्धीहरुको वारेमा प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आब २०७४/७५ मा करीब १.५ प्रतिशत अरव कूल मूनाफा गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि बार्षिक साधारण सभामा पेश गरेका थिए ।