बीमा कम्पनीले आर्जन गरे ९५ अर्ब बीमा शुल्क, कस्को कति ?(सूची सहित)

काठमाडौ । नेपालमा बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले गत आर्थिक २०७५/७६ मा ९५ अर्ब २५ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जीवन बीमातर्फ ७१ अर्ब ४ करोड ८६ लाख रुपैयाँ तथा निर्जीवन बीमा तर्फ २४ अर्ब २० करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा शुल्क आर्जनमा जीवन बीमा व्यवसायतर्फ नेपाल लाईफ इन्स्योरेन्स पहिलो हुँदा निर्जीवन बीमा व्यवसाय तर्फ भने शिखर इन्स्योरेन्स कम्पनी पहिलो भएको तथ्याङ्कले देखाएको छ । जीवन बीमा तर्फ: जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुतर्फ नेपाल लाईफ पहिलो स्थानमा देखिन्छ भने दोस्रोमा लाईफ इन्स्योरेन्स कम्र्पोरेशन (एलआईसी) देखिन्छ । नेपाल लाईफले २३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ तथा एलआईसीले १३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा तर्फ: यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरु मध्ये शुल्क आर्जनको हिसाबमा शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा पहिलो छ भने दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको तथ्याङ्कमा देखिन्छ । शिखर इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ तथा सगरमाथा इन्स्योरेन्सको २ अर्ब १७ करोड ९२ लाख बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । आव २०७४/७५ मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद नाफा हासिल गर्न सफल भएको छ । यसअघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

आईएमई लाइफले मनायो दोश्रो वार्षिकोत्सव, नयाँ जीवन बीमालेख सार्वजनिक

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धामक उपस्थिति जनाएको बताए । चालु आव २०७६/७७ मा थप शाखाबिस्तार गरी बीमित, अभिकर्ता एवम् सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराए । सोही अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरि भर्खरै बीमा समितिवाट स्वीकृती प्राप्त नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबनबीमा योजना” सार्वजनिक गर्योे । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवम् उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने जानकारी गराए । ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखाकार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको जनाएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।