कृषि तथा पशुपन्छी बीमामा बढ्यो आकर्षण, एकवर्षमै ६ अर्ब ८७ करोड बीमाङ्क रकम बृद्धि
काठमाडौं । कृषि तथा पशुपन्छी बीमातर्फ पछिल्लो समय आकर्षण बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ८७ करोड ५७ लाख ६५ हजार ५०४ रुपैयाँ बीमाङ्क रकम बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ११ अर्ब ८५ करोड २ लाख ७ हजार २८५ रुपैयाँ रहेको बीमाङ्क रकम आर्थिक वर्ष २०७५/७६ मा बढेर १७ अर्ब ८९ करोड १३ लाख ९४ हजार ८३३ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ । सरकारले बाली तथा पशुपन्छी क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि विसं २०७० सालदेखि कृषि तथा पशुपन्छी बीमा कार्यक्रम सञ्चालन गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा बालीतर्फ ५३ करोड २१ लाख ४६ हजार ६६५ बीमाङ्क थियो भने हाल ३० करोड २० लाख ३१ हजार २९० रुपैयाँ बढेर २०७५/७६ मा ८३ करोड ४५ लाख ७७ हजार ९५६ रुपैयाँ पुगेको छ । त्यस्तै पशुपन्छी बीमातर्फ भने ६ अर्ब ५७ करोड ३३ लाख ३४ हजार २१२ रुपैयाँ बढेको छ । एक वर्षकै अबधिमा ११ अर्ब ३१ करोड ८० लाख ६० हजार ६२० रुपैयाँ रहेको पशुपन्छी बीमाङ्क बढेर २०७५/७६ मा १७ अर्ब ७२ करोड ५९ लाख ७२ हजार ७८९ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ । सरकारले कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ । कृषकलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्नका लागि कृषि बीमा सम्बन्धि विभिन्न जनचेतना मूलक कार्यक्रम ल्याईरहेको बीमा समितिले जनाएको छ ।
नेपालको पहिलो बीमा कम्पनीले गर्यो मर्जमा जाने औपचारिक निर्णय, ७.५% बोनस पास
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७०औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको कम्पनीले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा आइतबार एयरपोर्ट होटलमा भएको साधारणसभाले को आ.व. २०७४/७५ कोे वार्षिक प्रतिवेदन पास गरेको छ । यस कम्पनीले ४६ शाखा र २९ सेवा केन्द्र गरी ७६ स्थानबाट निर्जीवन वीमा अन्तर्गत सम्पत्ति बीमा, मोटर, सामुन्द्रिक, इन्जिनियरिङ्ग, हवाई, विविध तथा लघु वीमा अन्र्तगत विभिन्न वीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ । जानकारहरुको अनुसार नेपाल इन्स्योरेन्स कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सबीच मर्जरको प्रयास भईरहेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि साधारणसभा गरेर मर्जरमा जाने निर्णय गरेको छ । विजनेश, नेटवर्थ, नाफा, प्रतिसेयर आम्दानी, सेयरको बजार मूल्य समान भएको र प्रमोटर पनि मिल्दो जुल्दो भएकाले यी दुई कम्पनीको मर्ज सजिलै हुन सक्ने बताइएको छ ।
गण्डकी विकास बैकद्धारा बीमा दावी रकम भूक्तानी
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्र्तगत समूहमा आवद्ध पोखरा महानगरपालिका–११, रानीपौवा निवासी बर्ष ५६ की समूह सदस्य शान्ती लाभाजुको गत बैशाखमा आकस्मिक निधन भएकोमा श्रीमान् चन्द्रबहादुर लाभाजुलाई बीमा दावी रकम भूक्तानी गरिएको छ । स्व. लाभाजुले बिगत सात वर्षदेखि बैंकबाट सामूहिक जमानीमा पटक पटक विना धितो कर्जा लिई व्यापार व्यवसाय गर्दै आएकी थिइन् । बैंकले समूहमा आवद्ध सदस्यहरुलाई बिना धितो कर्जा प्रदान गर्दा मृत्यु पछि परिवारका सदस्यहरुलाई आर्थिक व्ययभार नपरोस् भन्ने अभिप्रायले मेटलाइफ बीमा कम्पनीसँग सम्झौता गरी सदस्यहरुको व्यक्तिगत बीमा गर्ने गरेको छ । उक्त विमा दावी रकमस्व. लाभाजुका परिवारप्रति सहानुभूति प्रकट गर्दै बैंकको लघुवित्त विभाग प्रमुख केवी कुमालले रु.१५४,७६९।७८ रुपैयाँको चेक हस्तान्तर गरेका हुन् ।