शिखर इन्स्योरेन्सको बीमाशुल्क साढे ९० करोड नाघ्याे
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको थियो । आय: शिखर इन्स्योरेन्सको आय चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ भने २ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो । पूनर्बीमा कमिशन आय: कम्पनीको पूनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड २६ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा २० करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आयः शिखर इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवमा ९ करोड ३३ लाख ७९ हजार रहेको थियो । हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
सिद्धार्थ ईन्स्योरेन्स र सिप्रद्धिबीच सम्झौता
काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ बिचमा बीमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सिप्रदि ट्रेडिङले विक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदि ट्रेडिङ प्रा.लि.को नेपालभरीका कुनै पनि आधिकारीक वर्कशपमा मर्मत सम्भार गर्दा बीमितहरुले बीमालेखको रक्षावरण सम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ । सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रद्धि ट्रेडिङ प्रा.लि.का तर्फवाट भाईस प्रेसिडेण्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट बीमितले झन्झट रहित र प्रभावकारी बीमा दाबीको सेवा प्राप्त गर्न सक्ने कम्पनीले विश्वास गरेको बताएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको आय २९ करोडले बढ्यो
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः सगरमाथा इन्स्योेरेन्स कम्पनीको बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ५१ करोड ९९ लाख रुपैयाँ रहेको थियो । पुनर्बीमा कमिशन आयः सगरमाथा इन्स्योरेन्स कम्पनीको पुनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ४० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा १५ करोड ७ लाख रुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्यबाट आयः चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय ४ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवमा ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको थियो । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।