पुर्नबीमा कम्पनीमा रमेश लम्साल नियुक्त
काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई बोर्डमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा बढी जीवन बीमा क्षेत्रमा सक्रिय लम्साल बीमा एशोसिएटसिप डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् । लम्सालको नियुक्तीसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा सरकारी प्रतिनिधि कोटा सकिएको छ । यसअघि मन्त्रालयले रमेश रानालाई सञ्चालकमा पुर्ननियुक्ती गरेकाे छ भने अर्थ मन्त्रालयकै सहसचिव यमलाल भुसाल सञ्चालक समितिमा छन् । पुर्नबीमा कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ताको हैसियतले अर्थमन्त्रालयले अध्यक्ष पनि आफै तोक्दै आएको थियाे । तर हाल भने भुसाललाई काम चलाउ अध्यक्षको जिम्मेवारी मात्र तोकिएको अर्थमन्त्रालय स्रोतले बतायो । कम्पनी ऐन अनुसार सञ्चालक समितिले अध्यक्ष चयन गर्नु पर्नेहुन्छ ।
आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, पहिलो वर्ष नै ३४० करोडको लक्ष्य
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि सहमति दिएकाे छ । बीमा समिति सम्वद्ध स्राेतकाे अनुसार आज बीमा समितिले स्वीकृत दिएकाे हाे । फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको रुपमा उनलाई कम्पनीले लिएको छ । चालु आर्थिक वर्षमा नै १५० प्रतिशतले व्यवसाय विस्तार गर्ने संकल्पसहित फुयालले आईएमई लाइफको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको स्रोतले बतायो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकाे छ । आगामी चालु आर्थिक वर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिइएको छ । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी खुल्दा पहिलो आर्थिक वर्षमा आईएमई लाइफ १० मा दोस्रो स्थानमा थियो । तर हाल याे कम्पनी पाँचौ स्थानमा झरेको छ । आईएमई ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु मध्ये आइएमई लाइफको पर्फमेन्स कमजोर भएको प्रवर्द्धकको बुझाई छ । यहि बीचमा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले राजीनामा दिएपछि जीवन बीमाको मार्केटिङमा तगडा व्यक्तिलाई सीईओको जिम्मेवारी दिएको हो ।
बीमा समितिको ५ बुँदे निर्देशन: नविकरण म्याद थपियाे
काठमाडौं । बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्दा एकतिहाइ कर्मचारीहरुबाट मात्रै सेवा संचालन गर्नुपर्ने निर्देशन बीमा समितिले दिएको छ । समितिले निषेधाज्ञाको समयमा कार्यालय आउँदा कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्ने निर्देशन दिएको हो । साथसाथै समितिले निषेधाज्ञाको समयमा बीमा अवधि समाप्त भएका बीमालेखको विद्युतिय माध्यमबाट प्राप्त अनुरोधका आधारमा भदौ १५ गतेसम्म नवीकरण गर्ने व्यवस्था पनि मिलाउने भएको छ। समितिकाे अनुसार बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्यादपनि भदौ १५ गतेसम्म कायम गरिने छ । सो अवधिको ब्याज समेत नलाग्ने बीमा समितिको जनाएकाे छ । [pdf id=233352]