सेयर बजार २२ अंकले बढ्यो, प्रभु र एनआईसी एशिया बैंकको सबैभन्दा बढी कारोबार

  २०७५ असोज ९ गते १५:०६     विकासन्युज

काठमाडौं । सेयर बजार मंगलबार २२ अंक बढेको छ । पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढ्दै गएपछि यसको सकरात्मक असर बजारमा परेको हो । लगानीकर्ताको विश्वास बढेपछि बजार सुधार हुन थालेको छ ।

बजार बढेर नेप्से परिसुचक १ हजार २८० अंकमा पुगेको छ । मंगलबार १ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा बैंक, वित्त, होटल, व्यापार, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तको सेयर मूल्य बढेको छ ।

सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंकको भएको छ । प्रभु बैंकको प्रतिकित्ता २४० रुपैयाँमा ३ लाख ५१ हजार १०४ कित्ता सेयर किनबेच भएको छ । यस्तै एनआईसी एशिया बैंकको प्रतिकित्ता ४४८ रुपैयाँमा ५ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार भागर्व विकास बैंक, सनराइज बैंक र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् ।

कर्जाको ब्याजदर घट्दो क्रममा रहेको, बैंकहरुले सेयर कर्जा लिन बोलाएको सेयर मूल्य सस्तो भएको र कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेकाले यसको सकरात्मक असर बजारमा परेको ब्रोकरहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.