रत्ननगरका अधिकांश औषधि पसलहरुमा रात परेपछि सेवा पाउन मुस्किल

  २०७५ असोज ८ गते १६:५८     विकासन्युज

काठमाडौं। स्वास्थ्यसंस्था भनेको संबेदनशिल क्षेत्र हो । उक्त संबेदनशिल क्षेत्र २४ सै घण्टा खुल्नुपर्ने हो । तर, पुर्वी चितवनमा रहेको अधिकांश औषधि पसलले १७ घण्टे भन्दा समय खुल्दैनन् । यहाँको मुख्य राजमार्गमा अवस्थित तीन  नगरपालिकाभित्र छरिएर बसेका औषधि पसल, फर्मा, फार्मेसी, र पोलिक्लिनिकहरु रातीको ९ बज्नु अगाडि नै बन्द हुने गरेका छन् । औषधी पसलहरुले २४ सै घण्टा बिरामीलाई सेवा दिने भनेर लेखिएका बोर्डहरु हुन्छ तर, अधिकांश औषधि पसल राती नौ बजे अगाडि नै बन्द हुने गरेको छ । ‘चौबिसै घन्टा आकस्मिक सेवा’ उपलब्ध भनी बोर्ड झुन्डिएको त हुन्छ तर, अधिकांश औषधि पसल बिहान ६ बजे मात्रै खुल्ने गरेको छ । कुनै भैपरी आए भोलि कुर्नुपर्ने स्थिती बाहेक अरु छैनन् र हुँदैन पनि ।

यता , पुर्वी चितवन कै रत्ननगरमा सुविधा सम्पन्न बकुल्हर अस्पताल नभएको पनि होइनन् । विशेषज्ञ डाक्टरसहित इमर्जेन्सी सेवा र ल्याब पनि छ । तर, रातीको समयमा कोही बिरामी भयो भने उनका लागी सदरमुकाम वा भोलि बाहेक अन्य बिकल्प छैनन्। झन्डै १५ शैया क्षमताको अस्पतालमा दैनिक ३०० बिरामीले उपचार गराउँदै आएको अस्पताल नै बेहाल छ । यस बिषयमा रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ रत्ननगर अस्पतालमा चौबिसै घन्टा सेवा दिन नसकिएको बाध्यता स्वयं स्वीकार्छन् ।

उनी भन्छन्, ‘१५ शैयाको अस्पतालले आफ्नो स्वयं  क्षमता अनुसारको सेवा दिइरहेको छ । राती इमर्जेन्सी र जनरल मेडिसिन सेवा दिँदै आएका छौँ । दरबन्दी अभावले समस्या छ । दुई महिनाभित्र नै हामी चौबिसै घन्टा सेवा दिन्छौँ ।’

फार्मेसी सेवा बेलुकी ६ बजेसम्म मात्र सञ्चालन हुने भएकाले बिरामी लाई समस्या पर्ने गरेको उनी बताउँछन् । भन्छन्, ‘ल्याब बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सुचारू गर्दै आएका छौँ । केही समयमा राति पनि फार्मेसी सेवा सुरू गर्छौं ।’ सो अस्पतालमा एक विदेशी विशेषज्ञसहित १० जना डाक्टर छन् । एक गाइनेकोेलोजिस्ट, दुई जना डर्माटोलोजिस्ट, एक डेन्टिस्ट र ६ जना जनरल फिजिसियनले दिउँसो सेवा दिइरहेका छन् । भन्छन्, ‘रातिको समयमा अहेब र सीएमएले इमर्जेन्सी सेवा दिँदै आएका छन् ।

ठूलो केस आए ‘अनकल’ डाक्टरको व्यवस्था गरेका छौँ ।’ रातको समयमा बिरामीले भोग्नुपरेको समस्याबारे रत्ननगर नगरपालिकाका मेयर नारायण वन भन्छन्, ‘हामी घरघरमै उपचार गर्न लागेका छौँ । अस्पतालका लागि स्वास्थ्य शाखामा बजेट छुट्याएका छौँ । औषधि नपुगे हामी व्यवस्था गर्छौं ।’ २४ सै घन्टा सेवा दिन नसकिएको सम्बन्धमा उनले भने, ‘अस्पतालमा डाक्टर राख्ने क्षमता छैन । दरबन्दी पूरा भएपछि यो समस्या समाधान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.