जगदम्बा कंक्रिटो प्रयोग गर्दा ७५ प्रतिशतसम्म बचत

  २०७५ असोज ८ गते १४:४२     विकासन्युज

काठमाडौं। जगदम्बा समूहमा आवद्ध उद्यमीले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु हालै बजारमा ल्याएका छन् ।

सीमेन्ट, स्टिल्स, लगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री–बितरणको लामो अनुभवबाट ख्याति कमाएका जगदम्बा समूहका उद्योगीले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभर, को साथसाथै अन्य प्रि– कास्ट बस्तुहरु जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको उत्पादन थालेका छन्।

त्यसैले यस उद्योगद्धारा उत्पादीत निर्माण सामाग्रीको प्रयोगले निर्माण लगानिमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कुरा कम्पनीले जनाएको छ ।

परम्परागत रुपमा उत्पादन, हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकार आकारमा एकरुपता भएको, आकर्षक भएको कम्पनीले जनाएको छ ।

घर, हाउजिङ्ग, अपाटमेन्ट, सपिङकम्प्लेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनसिङ्गमा गुणस्तरीयता तथा आधुनिक्ता पाउने कुरामा कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.