शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खैरेनी र देवदहमा

  २०७५ असोज ८ गते १४:२४     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले २ स्थानमा शाखा विस्तार विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकले हालसम्म १४ अर्ब ६५ करोड रुपैयाँ निक्षेप परिचालन गरि १३ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

शाखा विस्तार पश्चात रुपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन् भने कुल शाखा संख्या ३६ र १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिग सेवा प्रदान गरि रहेको छ ।

बैंकले रुपन्देहीको शंकरनगर र कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने तयारिमा रहेको जानकारी दिएको छ ।

आवश्यकता र सम्भाव्यताका आधारमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । बैंकको गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइसकेकोले यहि मिति २०७५ साल आश्विन २८ दशौं बार्षिक साधारण सभा गर्न गैरहेकोे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.