बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने

  २०७५ असोज ४ गते १८:१६     विकासन्युज

काठमाडौं । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार शुक्रबार विहान बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म  बिजुली जाने छ । केन्द्र प्रमुख सुरज रेग्मीले बनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा बत्ति जाने छ ।

बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बत्ति जाने छ । बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत जाने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.