सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ भदौ ३१ गते १८:१६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत जनता बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । साथै, उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा बाहेक विभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१ पोलिसी बिक्री गरिसकेको छ । कुल २९ करोड ६९ लाख रुपैयाँ प्रिमियम संलकन गरेको छ । इन्स्योरेन्सले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुर्याउन ६० करोड रुपैयाँको आईपीओ सेयर सर्वसाधारणमा बिक्री गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.