ज्योति विकास बैंकको नायब महाप्रबन्धकमा शर्मा र सहायक महाप्रबन्धकमा आचार्य नियुक्त

  २०७५ भदौ १८ गते १७:५४     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । बैंकको नायब महाप्रबन्धकमा शुशिलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएका छन् ।

नवनियुक्त शर्माको २३ वर्ष नेपाल एसबिआइ बैक र ५ बर्ष नबिल बैंकमा काम गरेको अनुभब रहेको छ । उनी यस अघि एसबिआइ बैकको क्षेत्रिय प्रबन्धकको रुपमा कार्यरत थिए । व्यवस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागिय प्रमुख तथा क्षेत्रिय प्रबन्धक सम्मको काम गरेको अनुभव रहेको छ ।

त्यसैगरी रामहरि आचार्यसँग एभरेष्ट बैकमा २० वर्ष काम गरेको अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर आचार्य यस अघि एभरेष्ट बैकको प्रबन्धकको रुपमा कार्यरत थिए ।

उच्च व्यवस्थापनमा स्थापित बाणिज्य बैंकमा लामो समयसम्म महत्वपुर्ण भुमिकामा रहेका व्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.