नर्भिकमा वाणिज्य बैंकका कर्मचारीलाई २५ प्रतिशत छुट

  २०७५ साउन ३१ गते १६:५९     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउने भएका छन् । साथै, नर्भिकमा बैंकका कर्मचारी लगायत, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा बैंकको डेविट कार्ड होल्डर र ग्राहकका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने भएका छन् ।

नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच हालै भएको सम्झौतापश्चात बैंकका ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । सम्झौतापत्रमा बैंककातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दर/रेटमा एम्बुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ । बैंकका कर्मचारी लगायत माथि उल्लेखित सबै सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

साथै, प्याथोलोजी, अत्याधुनिकएमआरआई र सी.टी.स्क्यान सहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाकप्रोसिजर्स्, शल्य क्रियाशुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ ।

उल्लेखित सवै सेवाहरु फास्ट ट्रयाक प्रक्रियाबाट पुर्याइने हस्पिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.