पञ्चकन्या ग्रुपले जापानिज तथा नेपाली प्राविधिकलाई दियो प्रयोगात्मक ज्ञान, २५ जनाको सहभागिता

  २०७५ साउन २९ गते १७:२१     विकासन्युज

काठमाडौं । पञ्चकन्या ग्रुपले थापाथलीमा जापानिज कम्पनी हाजमा–अन्डूद्धारा प्रसुती गृहको नयाँ बन्दै गरेको भवनमा कार्यरत जापानिज तथा नेपाली इञ्जिनियर, ओभरसियर र प्राविधिकहरुलाई सिपिभिसि तथा पिभिसि पाईप जडान सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिएको छ । उक्त कार्यक्रममा २५ जना प्राविधिकहरुको उपस्थिति थियो ।

साथै, यस्तै खालको सिपिभिसि पाईप तथा फिटिङ्गस सम्बन्धी प्राविधिक सेमिनार काठमाडौंको लाजिम्पाटमा साउन २५ गते गरिएको थियो । सो अवसरमा शहरी विकास मन्त्रालयका सहसचिव तथा भवन विभागका महानिर्देशक, उपमहानिर्देशक, इञ्जिनियर, ओभरसियर तथा प्राविधिकहरु गरी ६० जनाको उपस्थिति थियो ।

उक्त कार्यक्रममा जापानको सेक्युसी कम्पनीबाट आएका प्राविधिकहरुले सिपिभिसि प्रोडक्टबारे जानकारी गराएका थिए । साथै दुवै कार्यक्रममा पञ्चकन्या ग्रुपका संचालक तथा गु्रपका वरिष्ठ कर्मचारीहरुको उपस्थिति थियो । यस्ता प्रकारका तालिम, सेमिनार तथा अन्तरकृयाले कार्य सम्पादन गर्न सजिलो हुने र गुणस्तरीय सामान छनौट गर्न प्रभावकारी हुने गु्रपले जनाएको छ । सहभागीहरुले पनि तालिममा बुझ्न र बुझाउन साह्रै सहज भएको प्रतिकृया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.