४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्कासन, कसको कति (सुचिसहित)

  २०७५ साउन ४ गते १३:३२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा ४ वटा मर्चेन्ट बैंकरले सामुहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गरेका छन् । ती बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ करोड एकाई म्युचअल फण्ड निष्कासन गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ  ।(सुचि हेर्न यहाँ क्लिक गर्नुहोस)  बोर्डका अनुसार म्युचअल फण्ड निष्कासन गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँको सिद्धार्थ इक्विटी फण्ड, सानिमा क्यापिटल लिमिटेडले १ अर्ब ३० करोड रुपैयाँको सानिमा इक्विटी फण्ड रहेका छन् ।

यस्तै एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सीबीआईएल क्यापिटल लिमिटेडले १ अर्बको सिटिजन्स म्युचअल फण्ड निष्कासन गरेका छन् ।

सेयर बजार क्रमश घटदै गएपछि म्युचअल फण्डको बिक्री पनि हुन छाडेकोे छ । म्युचअल फण्ड बिक्री नभएपछि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँको ग्लोबल आईएमई ब्यालेन्स फण्ड र एनआईबीएल एस क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँको एनआईबीएल सहभागीता फण्ड निष्कासन हुन सकेन ।

अझै १ अर्ब ७० करोड रुपैयाँको म्युचअल फण्ड पाइपलाइनमा छ । सेयर बजार घटेपछि पछिल्लो समयमा म्युचअल फण्डको वित्तीय अवस्था ऋणात्मक देखिएको छ । केहीले मात्र कोषको आकार बढाएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.