डिशहोमले सिम टिभी किन्ने, आजैदेखि व्यवस्थापनको सम्पूर्ण जिम्मा लिने

  २०७५ असार ३२ गते १५:५४     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड(डिशहोम)ले सिम्पल मिडिया नेटवर्क प्रा.लि.(सिम टिभी) किन्ने सम्झौता गरेको छ । यस खरिद सम्झौता अन्तर्गत डिशहोमले निकट भविष्यमै सिम टिभीको सेयर खरिद गर्ने छ । यसका साथै डिशहोमले सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा आजै(असार ३१ गते)बाट लिने भएको छ ।

सन् २००९ मा स्थापना भएको डिशहोम नेपालको पे टिभी इन्डष्ट्रिमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भई सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसैगरि, सिम टिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।

सिम टिभीका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभीको खरिद पछि टिभी हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहुँचमा पुग्ने बताएका छन् ।

डिशहोमले नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.