टिभिएस मोटरले सार्बजनिक गर्याे रेस एडिशनको अपाचे आरटिआर माेटरसाइकल, मूल्य ३ लाख २४ हजार ९ सय

  २०७५ असार ८ गते १५:४४     विकासन्युज

काठमाडौं । दुई तथा तीन पांग्रे सवारी साधनहरुको निर्माता टिभिएस् मोटरले टिभिएस अपाचे आरटिआर २०० फोरभी सार्वजनिक गरेको छ । नेपाली मोटरसाइकल पारखीहको मागलाई ध्यानमा राखेर कम्पनीले उक्त अपाचे सार्वजनिक गरेको हो ।


कम्पनीले अपाचे मोटरसाइकल रेस एडिशन २.० नाम गरेको नयाँ अपाचे आर टिआर २०० फोरभिमा एन्टी रिभर्स टर्क(एआरटी) स्लिप्पर क्लच प्रविधि रहेको छ बताएकाे छ । मोटरसाइकल उक्त प्रविधिको पहिलो हो । यसमा रेसीङ अत्याधुनिक एरोडाइनामीक्सको लागि फ्लाई–स्क्रिन लगाइएको छ । जसले रेसीङ डीएनएको सबुत दिन्छ ।


टिभिएस मोटरको नेपालको लागि आधिकारीक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सको उपाध्यक्ष दिपककुमार अग्रवालले नेपाली मोटरसाइकल पारखिहरुलाई मध्यनजर गरेर अपाचे रेस सार्वजनिक गरेको बताए । ‘टिभिएस आपचे ३५ वार्षको रेसिङ विरासतको सबुत हो,’ उनले भने ‘गएका वर्षहरुदेखि हामीले रेसीङ प्रविधिलाई पफर्मेन्स मोटरसाइकलहरुमा ल्याउनमा हामी अगाडी छौं ।’ सार्वजनिक गरिएको अारटिआर २०० फोरभीले समेत नेपालीको मन जित्ने कम्नपीले अपेक्षा गरेको उनको भनाइ छ ।


सार्वजनिक कार्यक्रममा नायक आयुशमान जोशी र र्याप गायक ग्रिस खतिवडाले पनि सार्वजनि गरिएको मोटरसाइकल आकर्षक रहेको बताए ।

कम्पनीको अनुसार उक्त मोटरसाइकलमा १९७.७५ सीसी सिंगल–सिलिन्डर मोटरछ । जुन ५ स्पीड गेअर बक्ससँग जोडिएको छ । इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस(कार्ब) र २१.० पीएस(इएफआइ) पावर दिन्छ । ७००० आरपीएममा १८.१ एनएम टर्क दिने उक्त मोटरसाइकलको बजार मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.