मेगा बैंकको असार १५ गते बुक क्लोज, ७औँ वार्षिक साधारणसभामा जाँदै

  २०७५ असार ७ गते १४:५१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको अगामी असार १५ गते बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिन कम्पनीको सेयर कारोबार बन्द गर्ने भएको हो ।

बैंकको आगामी ७औँ वार्षिक साधारणसभा असार २९ गते हुँदै छ । सभालेसेयरधनीलाई चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस सेयर दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ । सभाले पारित गरे पश्चात बैंकले कुल ९९ करोड ८३ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.