फोटोग्राफी सौखिनका लागि हुवावेले भित्र्यायो वहुप्रतीक्षित पी २० प्रो स्मार्टफोन, मूल्य ९९ हजार ९००

  २०७५ असार ६ गते ७:३०     विकासन्युज

काठमाडौं । हुवावेको नयाँ स्मार्टफोन ‘हुवावे पी २० प्रो’ नेपाली बजारमा भित्रिएको छ । शुरुमा पेरिसको बजारमा भित्र्याइएको उक्त स्मार्टफोन फोटोग्राफीका पारखीहरूलाई प्राथिमकता दिइएको छ । फोन बहुप्रतीक्षित स्मार्टफोनमा विश्वकै पहिलो लाइका ट्रीपल क्यामेरा जडान गरिएको कम्पनीको भनाइ छ ।

हुवावे पी सर्भिसको सबैभन्दा यस नयाँ स्मार्टफोनले मोबाइल फोटोग्राफीको सिर्जनात्मकतालाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीले लिइएको छ ।

लाइका ट्रीपल क्यामेरामा भएको लाइका कलर टेम्प्रेचर सेन्सरको कारण सार्वजनि भएको मोबाइलले जुनसुकै वातावरणमा पनि प्रकाश र रङहरू कैद गरी त्यसको सुन्दर सम्मिश्रण तयार पर्ने बताइएको छ ।

कम्पनीको अनुसार क्यामेरामा अद्भुत ४० एमपी आरजीबी क्यामेरा सेटअप उपलब्ध छ । जसमा दृश्यको वास्तविक रङ कैद गरी तिक्खर तस्वीर निकाल्ने खुबी छ ।

त्यस्तै द २० एमपी मोनोक्रोम सेन्सर र टेलिफोटो लेन्ससहितको ८ एमपी सेन्सर उपलब्ध छ । यसबाट अध्याँरो ठाउँमा पनि आइएसओ १०२४०० सम्मको तस्वीर खिच्न सक्छ ।

फोनमा २४ मेघा पिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । जसले दिन वा रात, नजिक वा टाढा जस्तो सुकै दृश्य स्पष्ट र आकर्षक तरिकाले खिच्ने कम्पनीको भनाइ छ । साथै कृत्रिमवौद्धिकतायुक्त थ्रीडी फेसियल मोडलीङ प्रविधिले अनुहारको बनौट अनुरुप अद्भूत सेल्फीहरू निकाल्ने कम्पनीको दावी छ ।

फोनको विभिन्न फिचर्सहरुमा फुलभ्यू डिस्प्ले, ६.१ इञ्च स्क्रिनमा भिडियो, ४००० एमएएच क्षमताको व्याट्री, ६ जिबी रर्याम र १२८ जिबी रोम उपलब्ध छ ।

नयाँ खाले ट्वीलाइट, सुनौलो–गुलाबी, कालो र गाढा निलो रङमा उपलब्ध सो हुवावे पी २० प्रो अहिले नेपालमा भने ट्वीलाइट रङमा उपलब्ध छ । नेपाली बजारमा उक्त स्मार्टफोनको मूल्य कम्पनीले रु ९९,९०० तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.