१० हजार घुस खाने नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर

  २०७५ असार ५ गते १९:१९     विकासन्युज

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंमा कार्यरत नायव सुब्बा जुनेस सापकोटामाथी मुद्दा दायर भएको छ ।

सापकोटामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सापकोटा कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार लिएको आरोपमा पक्राउ परेका थिए । अब उनीमाथी भ्रष्ट्राचार निवारण ऐन अनुसार कारबाही हुने अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.