पोखरा फाइनान्सको ८.६९ प्रतिशत लाभांश पारित, सीईओमा रविचन्द्र गुरुङ

  २०७५ असार ५ गते १५:२०     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रस्तावित ८.६९ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार(आज) सम्पन्न कम्पनीको २१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।


सभाले पारित गरेपश्चात कम्पनीले हालको चुक्ता पूँजीको सो मात्राको लाभांश दिने भएको छ । हाल संस्थाको चुक्ता पूँजी ७५ करोड ४१ लाख रुपैयाँ रहेको छ । ८.६९ प्रतिशत लाभांश पछि संस्थाको कुल चुक्ता पुँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

सभाले संस्थापक समृ्हबाट सञ्चालकहरु क्रमशः भुवनसिंङ गुरुङ, डा.दीर्घमान गुरुङ, शोभा गुरुङ तथा रेसम लाल पौडेललाई निर्वाचित गरेको छ । साथै, सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रविचन्द्र गुरुङलाई चयन गरेको छ । नवनियुक्त सीईओ गुरुङले आगामी असार १० गतेबाट लागु हुने गरी कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

कम्पनीले हालसम्म ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप र ३ अर्ब ९७ करोड रुपैयाँ कर्जा कायम गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.