सरकारको नीतिले व्यक्तिलाई गाह्रो, कम्पनीलाई सजिलो भयो- ताराबहादुर गुरुङ

  २०७५ असार ४ गते १९:०२     विकासन्युज

ताराबहादुर गुरुङ, सिनियर मार्केटिङ म्यानेजर–रोडशो रियलस्टेट प्रालि

रोडशो रियलस्टेटले कम्पनीले कहाँ कहाँ के के काम गरिरहेको छ ?

कम्पनी २०५३ सालमा स्थापना भएको हो । घरजग्गा प्लानिङ गर्ने उद्देश्यले शुरुमा स्थापना भएको हो । शुरुमा घरजग्गा प्लानिङ गरे पनि पछि कार्य विस्तार गर्दै अहिले कम्प्लेक्स, इन्डिभिजुवल घर, अपार्टमेन्ट निर्माण गर्ने कार्य गर्दछ ।

हाल नेपालको विभिन्न ठूला सहरहरु काठमाडौं, पोखरा, चितवन, वर्दिवास लगायतको स्थानमा कम्पनीले व्यवसायिक योजनाहरु चलाईरहेको छ । चितवन र पोखरामा कम्पनीले शाखा नै खडा गरेको छ । कम्पनीले ५०/१०० रोपनी जग्गा लिएर व्यवस्थित तरिकाले प्लानिङ गरी ढल, पानी, बिजुली, बाटो लगायत सबै पूर्वाधारको सुविधा दिएर प्लटिङ गरेर बिक्री गरेको छ ।

त्यस्तै, हामीले एउटै एरियामा २० देखि ४० रोपनी जग्गामा ५० देखि १०० ओटा बङला टाइपका घरहरु बनाएर पनि बिक्री गरिरहेका छौं । त्यस्तै ७, १० तलाको भवनमा नियमअनुसारले २, ३ बेडको अपार्टमेन्टहरु बिक्री गर्ने गर्दै आइरहेको छ ।

पछिल्लो समय रियलस्टेट विजनेश कस्तो छ ?

अहिले राम्रो लोकेशनको २ देखि ३ बेडको अपार्टमेन्ट, कोलोनिमा रहेको इन्डिभिजुवल बङ्ला घरको माग पनि एकदमै छ । प्लटिङमा जग्गा खरिद गर्नेको संख्या पनि त्यतिकै बढेको देखिन्छ ।

कम्पनीले घरजग्गा मेलामा स्टल राख्नुको उद्देश्य के हो, ग्राहकले के पाउछन् ?

पहिलो त कम्पनीलाई ब्राण्डिङ गर्ने हो । कम्पनी र हाम्रा सेवाबारे प्रचार गर्नु नै हो । हामीले ग्राहकहरुलाई जग्गा, अपार्टमेन्ट तथा घरको बारेमा जानकारी दिन्छौं । कति तलाको, कति वेडको, कस्तो, कति एरिया वा मूल्य भन्ने जानकारी गराउने छौं । साथै कस्तो एरियामा बनेको, सुविधा के-के छन् लगायतको बारे पनि बुझाउने छौं ।

मोफसलको घरजग्गा व्यापार कस्तो कस्तो छ ?

हामीले राजधानी बाहिर बर्दीबासमा ६ विद्याको प्लटिङ गर्यौ । कम्तिमा पनि १० धुरको प्लटिङ गरेर आजभन्दा ४÷५ वर्षअघि बेचेका थियौं । चितवनको यज्ञपुरी र मङ्गलपुरमा एक ठाँउमा ६ र अर्कोमा १३ विद्याको जमिनमा प्लटिङ गरेर बिक्री गरिसकेका छौं ।

काठमाडौंमा पनि ठाँउ-ठाँउमा जग्गाहरु बिक्री गरिरहेका छौं । भक्तपुरको दुवाकोटमा करिब ८५/९० रोपनी जग्गामा हामीले प्लानिङ गरेर बिक्री गरिसकेका छौं । सरकारी मापदण्ड अनुसार स्वीकृति लिएर प्लटिङ गर्छौ । आजभन्दा केही वर्षअघि प्लटिङ गरेर चार आनाको दरले जग्गा बिक्री गरेका थियौं । त्यतिखेर अनाको ६ लाखले बिक्री भएको जग्गा अहिले १५ लाख पुगिसकेको छ ।

यस कम्पनीले बङ्ला टाइपका घरहरु कहाँ कहाँ बनाएको छ ? मूल्य, सुविधा के कस्तो छ ?

हामीले काठमाडौंका वुडानिलकण्ठ स्कूल नजिकै ४ देखि१२ आनासम्मको क्षेत्रफलमा बनेको बिल्डिङहरु बनाएका छौं । घर अढाइ तलाको फर्नीसीङसहितको छ । उक्त स्थानमा ४ देखि ५ आनामा बनेको घरलाई अढाईदेखि साढे ३ करोड रुपैयाँसम्ममा कम्पनीले उपलब्ध गराउदै आएको छ । अधिकांश घरहरु बिक्री भइसकेको छ । थोरै मात्रै घर बाँकी छन् ।

त्यस्तै सोही स्थानमा भरखरै अपार्टमेन्टको बिक्री शुरु हुदैछ । त्यहाँ स्क्वारफुटको १२/१४ हजार पर्छ । वान वेडको साढे ५ देखि ६ सय स्वार फुट र टु बेडको साढे ८ देखि ९ सय स्क्वार फुट हुन्छ । जसको मूल्य १ करोड १५/२० लाख पर्न जान्छ ।

कालिमाटीमा एउटा कम्प्लेक्स बन्नै लागेको छ । त्यहाँ सटर बिक्री गर्ने तयारी गरिरहेका छौं । ग्राउण्ड, फस्ट, सेकेन्ड, थर्डको सटर बिक्री गर्छौ । चौथो र पाँचौ तला फिल्म हल हुन्छ । उक्त कम्प्लेक्स ३ रोपनी जग्गामा बनेको हो ।

कम्पनीको आगामी योजना के छ ?

अहिले हामी नयाँ प्रोजेक्टको लागि जग्गाहरु खोजिरहेका छौं । विभिन्न हाउजिङ बनाउने योजना छ । कमर्शियल जग्गाहरुमा बिजनेस कम्प्लेक्सहरु निर्माण गर्ने, धेरै पूँजीमा प्लानिङ गर्ने, हाउजिङ बनाउने लगायतका योजना छन् । त्यस्तै, पोखराको लेकसाइडबाट साराङकोट डाँडासम्म केवलकार सञ्चालन गर्ने तयारी भइरहेको छ । करिब ५/७ महिनामा उक्त तयारी पुरा हुन्छ ।

पछिल्लो समय प्लटिङको बजार कस्तो देख्नु भएको छ ?

सरकारले नियम राम्रो बनाइदिए रियलस्टेटको बजार राम्रो छ । अहिले धेरै नेपालीहरुले कोलोनी मन पराउन थालेका छन् । व्यस्तताको कारण कोलोनीमा बस्न रुचाएका हुन् । जहाँ राम्रो सेक्युरीटी गार्ड, बगैँचा, गाडीको पार्किङ स्थल, स्वीमीङ लगायतको व्यवस्थित हाउजिङ हुन्छ ।

अहिले नयाँ-नयाँ कुराहरु सुनिन्छ । करहरु बढिरहेको छ । जसले कम्पनीलाई भन्दा पनि सर्वसाधारणलाई समस्या पर्ने देखिन्छ । कित्ताकाटको समस्या देखिएको छ । हामी प्लानिङ गर्ने कम्पनीहरुले प्लानिङ नै गर्न नपाएपछि व्यवसाय रोकिन्छ । सरकारले सहज रुपमा रियलस्टेटको व्यवसाय सञ्चालन गर्न दिनुपर्छ । त्यस्तो वातावरण सरकारले मिलाइदिनु पर्ने हुन्छ । पछिल्लो समय सरकारले भने जस्तो वर्षको एक पटक मात्र खरिद बिक्री हुने भएपछि कम्पनी तथा ग्राहक दुवै पक्षको लागि गाह्रो हुन्छ । हाम्रो काम नै जग्गा, अपार्टमेन्ट, घरहरुको खरिद बिक्री हो । त्यसमा अवरोध भए कम्पनी चलानउ समस्या हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.