घरको भूँइतलामा पसल राख्न नदिने सरकारको तयारी, छुट्टै व्यापारिक एरिया तोकिने

  २०७५ असार २ गते ७:०५     विकासन्युज

काठमाडौं । तपाँईले आफ्नो घरको भूँइतलामा सटर बनाइ पसल थाप्नु भएको छ ? यदी छ भने अब एक पटक सोच्ने बेला आएको छ ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले घरको भूँइतलामा पसल राख्न नदिने तयारी गरिरेको छ ।

मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रापाणी खनालले अब सरकारले अव्यवस्थित सहरीकरण रोक्ने बताएका छन् ।

उनको अनुसार जथाभाबी ब्यापारिक पसल राखे, उद्योगहरु स्थापना गरे, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोकिनेछ । ‘घर बनाएपछि भूँइतल्लामा पसल थाप्न सटर राख्ने प्रणाली हटाइनेछ,’ उनले भने ‘व्यापारिक एरिया तोकिनेछ ।’

भूमिलाई वर्गिाकरण गरी चार किसिमको पूर्जा वितरण गरिने

त्यस्तै उनले भूमिलाई वर्गिाकरण गरी कृषि योग्य जमिनलाई हरियो पुर्जा, व्यवसायीक आवास क्षेत्रको रातो पूर्जा, औद्योगिक क्षेत्रलाई निलो पुर्जा र अतिरिक्त भूमिलाई पहेलो पुर्जाको व्यवस्था गरिने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रीयस्तरका दलका प्रतिनिधि, किसान आयोग, राष्ट्रिय योजना आयोग, भूमि सुधार समिति, नागरिक समाज तथा भूमि बिज्ञहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.