रिलायन्स लाईफ इन्स्योरेन्सले ल्यायो जीवन शान्ति बीमा योजना, १८ घातक रोगका सुविधा सार्वजनिक

  २०७५ असार १ गते १७:४१     विकासन्युज

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ग्राहकहरुका लागि जीवन शान्ति बीमा योजना ल्याएको छ । न्युनतम १६ वर्षको उमेरदेखि गर्न सकिने यो बीमा योजनाअन्तर्गत न्युनतम बीमा शुल्कमा भविस्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रधान गर्दछ ।

न्युनतम १६ वर्षको उमेरदेखि गर्न सकिने यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कले आश्रीतहरुको भविष्य सुरक्षा हो । साथै, यस बीमामा अतिरिक्त सुविधाहरु पनि बिमितले लिन सक्नेछन् ।

त्यस्तै, इन्स्योरेन्सले घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले ७/११ वा १८ विभिन्न घातक रोगबाट हुन सकिने मानवीय हानीलाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको हो ।

चिकित्सकीय रुपमा घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्मको एकमुस्ट अतिरिक्त रकम प्रदान गरिने छ । यो अतिरिक्त सुविधा हरेक बीमा योजनासंग संयुक्त रुपमा लिने सकिनेछ । बिमितले न्युनतम बीमा शुल्क तिरेर १८ वटा सम्म घातक रोग विरुद्ध यो सुबिधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.