सिटिजन्स बैंकद्धारा चितवनको आश्रमलाई ३ लाखको आर्थिक सहयोग

  २०७५ जेठ ३१ गते १७:३०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनमा रहेको नव सेवा आश्रमलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रुपैयाँको चेक बैंकका हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने जानकारी गराएका छन् ।

हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधीउपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पश्चात परिवारमा पुर्नमिलन गराइएको आश्रमकी अध्यक्षले जानकारी गराएकी छिन् ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.