२०७५ जेठ २२ गते १३:५८ विकासन्युज
राज्यले दिने सेवाको मुटु भनेको निजामती हो । त्यसको दिमाग भनेको अधिकृत कर्मचारी हुन् । यो मुलुक कति टाट पल्टिन पुगेको होला जसले आफ्नो मुटु र दिमाग सम्हाल्न पनि सक्ने अवस्था छैन भनेर हरेश खादैछ ।
जीवनभरी सेवामा बिताएर बाहुबल तथा जवानी गुमाएर कमजोर बनेपछि बाँकी जीवन राज्यले हेर्देला भन्ने उमेरमा निवृत्त हुदा पेन्सन पनि दिन सक्दिन भन्छ भने त्यो मुलुकको औचित्य नै के होला र ? अनि दिमाग र मुटु कमजोर रहेको राज्यसंयन्त्रले अन्य हात खुट्टा कान नाक जस्ता सेवाप्रदायक समुहको स्याहार सुसार सम्भार कसरी गर्ला ? यसले मुलुक समृद्ध कसरी बनाउला ?
अहिले २ लाख ४० हजार ७१९ जना सेवानिवृत्त सरकारी कर्मचारीले पेन्सन पाईरहेका छन् । यसमध्ये सेनाका ७३ हजार ६२८ अर्थात ३१ प्रतिशत, प्रहरीका ४८ हजार ४३ जना अर्थात २० प्रतिशत र निजामतीका ७६ हजार ५४६ जना अर्थात ३२ प्रतिशत र शिक्षक ३८ हजार ५०२ जना १६ प्रतिशतले पेन्सन पाउछन् ।
हाल सरकारी पेन्सन पाउनयोग्य करिब १ लाख सेना, १ लाख प्रहरी, ८० हजार निजामती र १ लाख ५० हजार शिक्षक कार्यरत छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.