‘प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंक’

  २०७५ जेठ ६ गते १८:४९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि यस बैंकमा कारोबार गर्न आग्रह गरेका छन् । बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सीईओ ज्ञवालीले सो कुरा बताएका हुन् ।

साथै, उनले यस बैंकले विदेशी मुद्रा कारोबार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको बताएका छन् ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराएका छन् । त्यस्तै, विदेशी विनिमय प्रमुख भिष्मराज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताएका छन् ।

कार्यक्रममा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.