गाउँका युवालाई स्वरोजगार बनाउन सहकारीलाई एक करोड लिन सरकारले बोलायो

  २०७५ जेठ ६ गते १२:०८     विकासन्युज

काठमाडौं । सरकारले वेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सहकारी संस्थामार्फत कर्जा दिने प्रक्रिया अघि बढाएको छ ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवालाई स्वरोजगार बनाउन सहकारी संस्थामार्फत कर्जा दिने व्यवस्था गर्न लागेको हो । कोषले १ करोड रुपैयाँसम्म थोक कर्जा लिन सहकारी संस्थालाई बोलाएको छ ।

कोषले सहकारी संस्थालाई आउदो असार ९ गतेसम्म थोक कर्जा लिन प्रस्ताव पेश गर्न भनेको छ । कोषबाट लिएको थोक कर्जा वेरोजगार व्यक्तिलाई व्यक्तिगत वा सामूहिक रुपमा प्रवाह गर्नुपर्ने कोषले जनाएको छ ।

महानगरपालिका भित्र सञ्चालन भएका सहकारीको सेयर पुँजी न्युनतम ८ लाख र सेयर सदस्य ४०० जना, सञ्चालनमा आएको २ वर्ष र नाफामा रहेको हुनुपर्ने छ । यस्तै उपमहानगरपालिकामा सेयर पुँजी ५ लाख, ३०० जना सेयर सदस्य, नगरपालिकामा सेयर पुँजी ३ लाख र सेयर सदस्य २००, गाउँपालिकामा २ लाख सेयर पुँजी र १०० सेयर सदस्य हुनुपर्ने कोषले जनाएको छ ।

यसैगरी नगरपालिकामा उत्पादनमुलक २ लाख, गाउँपालिकामा उत्पादनमुलक १ लाख र दुर्गमा जुम्ला, हुम्ला, कालिकोट, मुगु, अछाम, बझाङ, बाजुरा र जाजरकोटमा सञ्चालनमा रहेका सहकारीको सेयर पुँजी १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको हो । गत असारसम्म नोक्सन नभएको, भाखा नाघेको ऋण कुल लगानीको ५ प्रतिशत बढी नभएको हुनुपर्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.