अब मर्चेन्ट बैंकरको पनि आईपीओ, सीबीआईएल क्यापिटलले निष्कासन गर्दै

  २०७५ जेठ ५ गते १७:२२     विकासन्युज

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन सीबीआइएलले आईपीओ निष्कास गर्न लागको हो ।

१५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । उनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको जानकारी दिए ।

सीबीआईएलको गत बैशाख ११ गते सम्पन्न विशेष साधारणसभाले आईपीओमा जाने प्रस्ताव पारित गरेपछि प्रक्रिया अघि बढेको दाहालले बताए । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि आईपीओमा जान लागेको हो ।

आईपीओ निष्कासन गर्नेमा सीबीआईएल पहिलो मर्चेन्ट बैंकर हुने छ । मर्चेन्ट बैंकरलाई आईपीओमा जान वाध्यकारी गराइएको छैन् । हाल सीबीआइएलको चुक्तापुँजी १७ करोड रुपैयाँ छ ।

सीबीआइएलमा सिटिजन्स बैंकको ६८.९४ प्रतिशत स्वामित्व रहेको छ । बाँकी व्यवसायी घरनाको लगानी छ । सीबीआईएलको आईपीओ निष्कासनको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्कासनका लागि स्वीकृति मागेकोमा धितोपत्र बोर्डले १५ प्रतिशत मात्र दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष सेयरधनीलाई १० र यो वर्ष ५ प्रतिशत लाभांश दिएको छ ।

नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री भएपछि मात्र सीबीआईएलले सेयर निष्कासनको अनुमति पाउने छ । कोषको ७५ हजार कित्ता सेयर किन्न कर्मचारी संचय कोष तयार भइसकेको छ । धितोपत्र निष्कासन नियमावलीमा एउटा मर्चेन्ट बैंकरको सेयर लगानी अर्को मर्चेन्ट बैंकरमा नहुने व्यवस्था गरेपछि कोषले स्वामित्व संचय कोषलाई बेच्न लागेको हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.