मार्जिन ट्रेडिङ कार्यविधि पास, जेठदेखि कारोबार सुबिधा, बढ्ला त सेयर बजार ?

  २०७५ जेठ ४ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पास गरेको छ । बिहीबार धितोपत्र बोर्ड सञ्चालक समितिले कार्यविधि पारित गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । कार्यविधि पास भएसँगै आगामी जेठ महिनाभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्ने भएका छन् ।

उक्त कार्यविधि तत्काल कार्यान्यनमा ल्याउन बाेर्डले जेठ ३ गते नै नेप्सेलाई निर्देशन दिएको छ ।

बाेर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको विश्वास छ ।

दक्षिण एसियाका कतिपय मुलुकहरुमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । तर मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्ने सेयर ब्रोकरहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ र कार्यविधि २०७५ जारी गरेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.