एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स सम्झौता

  २०७५ वैशाख २४ गते १७:३८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स शुरु गरेको हो ।

उक्त सम्झौता अनुसार रेमिटवेर पेमेन्ट इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका सम्पूर्ण शाखाबाट सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । हाल बैंकले २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.