फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

  २०७५ वैशाख १८ गते १५:०६     विकासन्युज

जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए ।

“उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ । हामीले यस फैसलाको पुनरावलोकन गराउने छौँ, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” बहारीका वकील अन्डी कोमाराले भने ।

कारबाहीमा परेकाका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.