योजना आयोगका उपाध्यक्ष डा.कँडेलद्वारा सपथ ग्रहण

  २०७५ वैशाख १३ गते २०:४५     विकासन्युज

 

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली समक्ष सपथ ग्रहण गरेका हुन् ।

सपथलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा गोेपनियताको सपथ ग्रहण गराएका हुन ।
सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुयाँल र सुशील भट्टलाई उपाध्यक्ष कडेलले सपथ ग्रहण गराएका हुन ।

अर्का सदस्य उषा झा मुलुक बाहिर रहेकाले सपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नु भएको आयोगका अधिकारीले जानकारी दिए । लामो समयदेखि खाली रहेको आयोगमा मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पदाधिकारी नियुक्त गरेको थियो ।

सपथ ग्रहण पश्चात उपाध्यक्ष कडेल सहित सदस्यहरुलाई आयोगमा स्वागत गरिएको थियो । पदभार ग्रहण पश्चात पत्रकारलाई संक्षिप्त प्रतिकृया दिँदै उपाध्यक्ष कडेलले सरकारको निर्देशन, संविधानले निर्दिष्ट गरेका प्रावधान र अन्तर्राष्ट्रिय प्रतिवद्धताको कार्यान्वय गर्दै अगाडी बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.