नेप्सकाे सिईओमा क्षेत्री नियुक्त

  २०७५ वैशाख १३ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स)को प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा प्रविनप्रकाश क्षेत्री नियुक्त भएका छन् ।

बैंंकिङ सुचना तथा प्रविधिको क्षेत्रमा ३० वर्ष भन्दा बढि कार्य अनुभव हासिल गरेका क्षेत्री यस अघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंक लिमिटेडमा समेत विभिन्न पदमा रही जिम्मेवारी बहन गरी सकेका छन् ।

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्सन ३.२) र पीसीआई पीन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ ।

साथै, यस कम्पनीले १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.