राष्ट्र बैंकले दियो २० अर्ब, बैंकले लिए ७ अर्ब ९० करोड, बिहीबार १० अर्ब बजारमा पठाउदै

  २०७५ वैशाख १२ गते १८:०२     विकासन्युज

काठमाडौं । बैंकहरुले नेपाल राष्ट्र बैंकबाट ७ अर्ब ९० करोड रुपैयाँ मात्र उठाएका छन् ।  बैंकिङ प्रणालीमा तरलताको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार रिपो वित्तीय उपकरणमार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउदा ९ बैंकले मात्र सो रकम मात्र उठाएका हुन् ।

जसमा २ विकास बैंक र ७ वाणिज्य बैंक रहेका छन् । रिपोमार्फत केन्द्रीय बैंकले बिहीबार पुनः बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ ।

केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो ।

राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । रिपोको अवधि २ साताको हो ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ ।

यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.