लक्ष्मी लघुवित्तले नौ महिनामा कमायो ६ करोड ६६ लाख

  २०७५ वैशाख ११ गते १०:४७     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको चैत मसान्तसम्मकाे अवधीमा ६ करोड ६६ लाख रुपैंया नाफा कमाएको छ । २०७४ पुस मसान्तसम्ममा ४ करोड ४५ लाख नाफा आर्जन गर्न सफल भएको कम्पनीले तीन महिनामा २ करोड २१ लाखले नाफा बढाएको हो ।

२०७३ चैत मसान्तमा भने कम्पनीको नाफा ७ करोड ८३ लाख रुपैंयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी १७ करोड रुपैंयाँ रहेको छ । कम्पनीमा ८ लाख ६८ हजार निक्षेप सदस्यहरु रहेका छन् ।

लक्ष्मीले निक्षेप सदस्यहरुबाट ८६ करोड रुपैंयाँ निक्षेप संकलन गरेर २ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी ३६.६९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७३.६१ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.